हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

सारांश

  • लमही, १४ फागुन,तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ ।
  • राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताउनुभयो ।
  • तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उहाँको भनाइ छ ।

लमही, १४ फागुन,तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताउनुभयो ।

तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उहाँको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै नवाँै पटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ । “आठ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो”, उहाँले भन्नुभयो, “हात्तीपाइले रोग न्यूनीकरण हुन नसकेपछि नवौँ पटक औषधि खुवाउने तयारी भइरहेको छ ।”

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी

हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच÷पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल ( अन्तर्वार्ता )
कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल ( अन्तर्वार्ता )
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन धमाधम आउँदै
कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन धमाधम आउँदै
कुन प्रदेशमा कति सांसद ?
कुन प्रदेशमा कति सांसद ?
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
यी हुन् साढे ५ अर्बको ठेक्का लिने काम नगर्ने पप्पु कन्ट्रक्सनका मालिक !
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !