जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…

सारांश

  • बीबीसी।
  • अमेरिकीको टेक्सस शहरमा बस्ने च्यारिटी ली जब ६ वर्षकी थिइन्, तब उनले आफ्नै आँखा अगाडि बुवाको मृत्यु भएको देखिन्।
  • बुवाको हत्या गर्ने उनकै आमा थिइन्।

बीबीसी। अमेरिकीको टेक्सस शहरमा बस्ने च्यारिटी ली जब ६ वर्षकी थिइन्, तब उनले आफ्नै आँखा अगाडि बुवाको मृत्यु भएको देखिन्। बुवाको हत्या गर्ने उनकै आमा थिइन्। वर्षौंपछि जब च्यारिटी ली का १३ वर्षका छेरा पेरिसले आफ्नै चार वर्षकी बहिनी एलाको हत्या गरे, उनकालागि यो होश उडाउने घटना थियो। आफ्नी छोरीलाई सम्झिँदै च्यारिटी बीबीसीसँग भन्छिन्–एला चंचल र निकै कुरा गर्न रुचाउने स्वभावकी थिइन्।

अर्कोतर्फ पेरिसको स्वभाव लजालु र कम बोल्ने खालको थियो। पेरिस एलालाई निकै माया गर्थे। एला पनि आफ्नो दाजुलाई इज्जत गर्थिन्। पेरिस निकै शान्त स्वभावका थियो। उ आफैं व्यस्त भइरहन्थ्यो। उनको यो स्वभावप्रति मेरो कुनै गुनासो थिएन। उनले अगाडि भनिन्– जब पेरिसको उमेर १२ वर्ष भयो र एला करिव दुई वर्षकी थिइन्। त्यतिबेला म बिस्तारै लागू पदार्थ दुव्र्यसनीमा पर्न थालेकी थिएँ। त्यसो मैले लागू पदार्थ दुव्र्यसनी धेरै पहिला छोडिदिएकी थिएँ। तर म फेरि त्यसको शिकार भएँ।’

त्यसक्रममा एउटा यस्तो घटना भयो जसले च्यारिटी निकै दुखित भइन्। च्यारिटीकी आमाको एक फाममा पेरिस र एला आफ्नी आन्टीसँग खेलिरहेका थिए। ‘उनीहरुबीच कुनै कुरालाई लिएर भगडा भयो। मैले दुवैलाई सम्झाएँ। त्यसको केही समयपछि मैले पेरिसलाई खोज्न थालेँ। त्यतिनै बेला उ किचनमा गएर एउटा चक्कु लिएर बाहिर निस्कियो। मैले उसलाई देख्दा उ रोइरहेको थियो। उसले मलाइ आफू नजिक आए स्वयंलाई चक्कु प्रहार गर्छु भन्यो। मलाइ थाहा थियो मेरो लागू पदार्थ दुव्र्यवसनीका कारण पेरिस निकै चिन्तित थियो। यो सबै उसैका कारण भइरहेको थियो। त्यसकारण म दुखी थिएँ। किनभने पेरिसको प्रतिक्रिया अतिश्योक्तिपूर्ण थियो। मैले उसलाई अस्पताल लिएर गएँ डाक्टले पेरिसमा होमोसाइडल (हत्यारा) प्रवृत्ति देखे।२००५ मा म ड्रग्सको कुलतबाट मुक्त भएँ।’

उनले अगागि भनिन्–चार फेब्रुअरी, २००७। म एउटा रेस्टुरेन्टमा वेट्रेसको काम गरिरहेकी थिएँ। जब म काममा जाँदै थिएँ तब एला बाथटपमा थिइन्। सामान्य रुपमा उनी मसँग अंकमाल गर्थिन् र गुडबाई ममी भन्थिन्। तर त्यो दिन न उनले मसँग अकंमाल गरिन् न चुम्बन! त्यो दिन पेरिस मसँग रिसाएको थियो। सामान्य कुरामा रिसाएको थियो। मलाइ अहिले पनि सम्झना छ, म उनको नजिकै गएँ र भने–तिमीलाई थाहा छ, म तिमीलाई धेरै माया गर्छु।’ हामी नराम्रो अवस्थाबाट पहिला पनि गुज्रिसकेका थियौं। र, त्यसबाट भर्खर बाहिर निस्किएका थियौं। त्यसपछि म काममा गएँ।’

उनले अगाडि भनिन्–मध्यराति भएको थियो। रेस्टुरेन्ट बन्द हुँदै थियो। ठिक त्यति नै बेला दुई जना जासुस र एक पादरी आए र मलाइ भने–तपाइँकी छोरी घाइते छिन्। र, उनी घरमै छिन्। मैले उनलाई अस्पताल किन नलगेको भनेर सोधेँ। तब उनीहरुले भने की एलाको निधन भयो। र उनलाई माने मेरो छोरा र एलाको दाजु पेरिस थियो। यो सुनेपछि म बेहोस जस्तै भएँ।’ पेरिसले न्यानी (बच्चाको हेरचाह गने महिला) लाई आमा आउनु पहिला नै घर पठाइदिएका थिए। त्यसपछि उनले चार वर्षकी बहिनीलाई आफ्नो कोठामा लिएर गए। अनि उसको यौन शोषण गर्यो अनि घाँटी थिचेर हत्या गर्योे अनि १७ पटक चक्कुले प्रहार गर्यो।

त्यसपछि पेरिसले आफ्ना साथीलाई बोलाए। उनीहरुसँग कुरा गरे। उनले आफ्नी बहिनीलाई बचाउने कोशिश नै गरेन। भोलिपल्ट च्यारिटी पेरिसलाई भेट्न गइन जहाँ उसलाई नजरबन्दमा राखिएको थियो। च्यारिटीले भनिन्–उसले मलाइ भन्यो–तपाइँ सधैं भन्ने गर्नुहुनथ्यो तपाइँ कसैको हत्या त्यतिबेला गर्न सक्नुहुन्छ, जब कसैले आफ्ना सन्तानमाथि गलत काम गर्छन। अब तपाइँ के गर्नुहुन्छ? उसको प्रश्नमा कतै पनि डरको भाव देखिएन। उसका भनाइले मलाइ चुनौती दिइरहेको थियो। यो पहिलो पटक थियो की मैले आफ्नो पेरिसमा पेरिस होइन बरु अरु कसैलाई देखिरहेकी थिएँ।’
उनले अगाडि भनिन्–मैले भने म तिमीसँग त्यही भन्छु जब तिमी जन्मिदाँ मैले भनेकी थिएँ। जब मेरो काखमा पहिलो पटक पेरिस आएको थियो तब मैले उसको कानमा भनेकी थिएँ मलाइ थाहा छैन कसरी एउटी आमा बन्ने। तर म के प्रतिबद्धता व्यक्त गर्छु भने सधैं तिम्रो लागि सबैभन्दा राम्रो गर्छु। म सधैं तिम्री असल आमा बन्ने कोशिस गर्छु र तिमीलाई सधैं माया गर्छु।’

च्यारिटीले अगाडि भनिन्–प्रहरीले मलाइ उक्त घटनाका विषयमा पेरिससँग लिएको बयानको रेकर्ड दियो। पेरिसले भनेको थियो–हामी दुवै (पेरिस–एली) एउटै ओछ्यानमा सुतिरहेका थियौं। जब म सुतेर उठेँ र उनीतर्फ हेरेँ उनी त एक राक्षस जस्तै भएकी थिइन्। तब मैले त्यो राक्षसलाई मारिदिएँ।’
‘करिव तीन महिनाकालागि मैले केमा आफ्नो ध्यान लगाएँ भने मेरो छोरा विरामी छ। जब पेरिसलाई पक्राउ गरियो तब उसको हिंस्रक रुप देखियो,’ उनले भनिन्। प्रहरी अनुसन्धानबाट के थााह लाग्यो भने पेरिसले इन्टरनेटमा निकै अचम्मको चीज सर्च गरेको रहेछ। योसँगै निकै भयानक चीज आफ्नी बहिनीको हत्याका क्रममा प्रयोग गरेको रहेछ। अन्तिममा पेरिसले के स्वीकार गर्यो भने यो कुनै दुर्घटना थिएन। उ आफ्नी बहिनीको हत्या गर्न चाहन्थ्यो। २००७ मा पेरिसलाई ७० वर्षको जेल सजाय सुनाइयो।

आफूलाई नै दोषी भन्ने प्रश्नमा च्यारिटी भन्छिन्–हो र होइन पनि। मैले सधैं के कुरालाई स्वीकार गर्नुपर्छ भने मै दोस्रो पटक लागू पदार्थ दुव्र्यसनीमा गएपछि त्यसको नराम्रो असर पेरिसमा परेको थियो। मलाइ के लाग्छ भने त्यसको सबैभन्दा ठूलो कारण वंशानुगत हो।’ २०१३ मा करिव ६ वर्षपछि च्यारिटी फेरि गर्भवती भइन्। उनले आफ्नो बच्चाको नाम फोनिक्स राखिन्। ‘पेरिस र एलामाथि जे भयो त्यो मेरो जीवनको अन्त्य होइन। जीवन त अगाडि पनि छ,’ च्यारिटी भन्छिन्। पेरिस टेक्ससको एक जेलमा बन्द छ। अहिले उनी २५ वर्षका भइसकेका छन्। च्यारिटी उनीसँग भेट गर्न अहिले पनि जान्छिन्। २०४७ मा उनी जेलबाट बाहिर आउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सचिवले धानेको यो पूरै गाउँपालिका
एक सचिवले धानेको यो पूरै गाउँपालिका
आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन
आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ
नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ

तपाईंले छुटाउनुभयो कि?