एक सचिवले धानेको यो पूरै गाउँपालिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
एक सचिवले धानेको यो पूरै गाउँपालिका

सारांश

  • जाजरकोट, २४ असार ।
  • एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला ?
  • एक, दुई, तीन अथवा चारवटा वडासम्म ।

जाजरकोट, २४ असार । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला ? एक, दुई, तीन अथवा चारवटा वडासम्म । तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले ९ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका ९ वटै वडाको कामकाज गर्दै आएका छन् । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ ? उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर ९ वटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरबिना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको कागजात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्जिकरणको काम भने रोकिएको छैन । वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ ।

जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।

उनले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताए । “के गर्ने ? काम चलाउनै प¥यो । सचिव एक जनामात्र छन् । गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने ? भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौं”, उनले भने । सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरी सदरमुकामबाटै काम गरिरहेको उनले बताए ।

वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
विदेशमा लगानी र खाता छानबिन थाल्न निर्देशन
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली
Play for fun Slots Online
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
निर्वाचन आयोगमा २१ दल दर्ता
निर्वाचन आयोगमा २१ दल दर्ता