हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए

सारांश

  • ललितपुर, १८ फागुन ।
  • पूर्व जर्नेल हेम खत्रीको घरमा हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् ।
  • उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ ।

ललितपुर, १८ फागुन । पूर्व जर्नेल हेम खत्रीको घरमा हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ ।

प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि तानिएको हो । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहलाई छानविनको जिम्मा दिएको थियो ।

कुटपिट हुँदा हेमा बच्चा बोकेकी थिइन् । हेमा पछिल्लो समय विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । पूर्व जर्नेल खत्रीले माला शाहलाई बिहे गर्ने भनेर शोषण गरी कन्तबिजोक बनाएको भन्दै महिलाहरु उनको घरमा गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?