रेशम चौधरी लगायतले अनसन नतोडे अर्को कारागार सारिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ फागुन – प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जनताका गुनासा सीधा सुन्ने र जनताले गुनासा सुनाउन सीधा सम्पर्क गर्नसक्ने व्यवस्था मिलाएर जनमन शान्ति अभियान थालनी गर्ने घोषणा गरेका छन्।
  •  आजको नागरिक दैनिकमा खबर छ ।
  • एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले प्रदेश ७ को शान्तिसुरक्षा, अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, विपद् व्यवस्थापन, आर्थिक समृद्धि गर्नेलगायतका १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

काठमाडौं, २२ फागुन – प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जनताका गुनासा सीधा सुन्ने र जनताले गुनासा सुनाउन सीधा सम्पर्क गर्नसक्ने व्यवस्था मिलाएर जनमन शान्ति अभियान थालनी गर्ने घोषणा गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले प्रदेश ७ को शान्तिसुरक्षा, अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, विपद् व्यवस्थापन, आर्थिक समृद्धि गर्नेलगायतका १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । ‘प्रदेश सरकारको अुनभूती जनताले पाउनेगरी मैले गर्ने कामलाई प्राथमिकतामा राखेर १८ बुँदे प्रतिबद्धतापत्र घोषणा गरेको हुँ,’ उनले भने, ‘म यो प्रतिबद्धतापत्रमा भएका १८ बुँदाका सबै काम एक महिनाभित्र सुरु गर्ने छु।’

अनशन नतोडे कारागार स्थानान्तरण गर्ने
आइतबारदेखि ३ बुँदे मागसहित धनगढी कारागारमा आमरण अनशन बसेका रेशम चौधरीलगायत २४ जना थुनुवाले आमरण अनशन नतोडे कारगार स्थानान्तरण गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताएका छन् । कारागारमा आमरण अनशन वस्दा समाजिक सद्भाव भड्काउँने, समाजिक एकता खल्बल्याउँने प्रकारका गतिविधि बढावा हुने संकेत गर्दै मन्त्री शाहले भने, ‘समाजिक सद्भाव भड्काउँने, समाजिक एकता खल्वल्याउँने गतिविधी बढावा दिन खोजे कारागारभित्र अनसन बसेकालाई अन्य कारागारमा स्थानान्तरण गरिने छ।’

यसैगरी महेन्द्रनगरबाट धनगढी आउँदा अत्तरिया नजिक चौकिडाडामा नविल बैकको पैसा लुटिएको घटना अहिलेसम्म पत्ता नलागेकोमा पुनः छानबिन गरिने उनले बताए । ‘नविल बैंकको पैसा लुटेरा किन पत्ता लागेन, काहाँनेर कमजोरी भयो अध्ययन गरिने छ,’ उनले भने । केन्द्रीय सरकारले कानुन बनाएपछि प्रदेश प्रहरी परिचालनसम्बन्धी कानुन बनाइने उनले बताए । अपराधी जोसुकै भए पनि कुनै पहुँच, दबाब र कुनै पनि कारणले उन्मुक्ति नदिइने उनको भनाइ छ । ‘अपराधी जोकोही भए पनि कारबाहीको दायरामा ल्याइने छ र यो प्रदेशमा अपराध नियन्त्रण गर्न सुरक्षा रणनीति बनाइने छ,’ उनले भने ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    JN Marasini

    जो चोर उसैको ठूलो स्वर भनेको यस्तै हो ?

    Comment Author

    Nischal Kanxaa

    Salu kukur hatyarali tehi eadayera rakhe hunxa

    Comment Author

    Dhurba Dhurba

    अन सनबसेर केेद मिनाहा हुन्छ भने अरु ु केेदिहरुपनि बस्छन मिनाहा काे लागि हेेनर?

    Comment Author

    Keshab Mahara

    Good

    Comment Author

    Raju Boudel

    yo pagi ko sajaya ta fasi banda pani niudai jalai dina paine ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?