उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

सारांश

  • काठमाडौँ।
  • काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ।
  •   काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो।
काठमाडौँ। काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ। 
काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो। दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो। तर, कार्यक्रम शुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रशस्तै सुनिन्छन्।
यो अवधिमा नियम कार्यान्वयनको प्रभाव भने आंशिक मात्र देखिन्छ।  कार्यान्वयन पक्ष त्यति प्रभावकारी देखिएको छैन। कार्यक्रम लागू गर्न कामपाले एक हप्तादेखि सडकको चोक चोकमा ‘नो हर्न ’कार्यक्रमबारे ब्यानरहरु टाँसी जानकारी पनि दिएको थियो। कार्यक्रम शुरु भएको केही समय कार्यान्वयन पक्ष सन्तोषजनक रहेपनि अहिले त्यो अवस्था देखिँदैन।
सवारी चालकहरुले उक्त नियमलाई कार्यान्वयन गर्नतर्फ भन्दा पनि पुरानै शैलीमा सवारी हाँकिरहेका देखिन्छ। दैनिकरूपमा बढी रहेको सवारी साधन र कार्यान्वयनको अवस्था फितलो हुँदा उपत्यकाबासी ध्वनि प्रदूषणको मारमा परेको प्रष्टिन्छ। हाल काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधनहरु गुड्ने गरेका छन्।
उता कामपाले भने ‘नो हनर्’ कार्यक्रम प्रभावकारी भएको दावी गरेपनि त्यस किसिमको अवस्था रहेको पाइँदैन। कापमाका प्रवक्ता ईश्वरमान डङ्गोल केही स्थान र नयाँ चालकले उक्त नियमको उल्लङ्घन गरेपनि नियमितरूपमा उपत्यकामा सवारी चलाउने चालकहरुले उक्त नियमको पूर्णरूपमा कार्यान्यवन गरेको दावी  गर्छन्।  
उपत्यकामा वातावरणलाई स्वस्थ राख्न र ट्राफिक जामको समस्या कम गर्नका लागि सरकारको अग्रसरतामा केही ठूला बस ल्याउने तयारी पनि गरिएको छ। कामपाले पनि साझा सहकारीको सहकार्यमा केही साझा बस ल्याएको छ भने केही बस थप गर्ने तयारीमा छ। त्यसैगरी अन्य निजी कम्पनीले पनि ठूला बस ल्याउने क्रम जारी रहेपनि सार्वजनिक यातायात साधनको अभाव कम भएको छैन।  
तत्कालीन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा, कामपाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईले यस कार्यक्रमको शुरुआत गरेका थिए। 
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जयराज सापकोटाका अनुसार उपत्यकाको मुख्यमुख्य सडक चोकमा सवारी साधनमार्फत ध्वनि प्रदूषण गर्ने हालसम्म २५ हजार चालकलाई कारवाही गरिसकेको बताउँछन्।  
कारवाहीमा पर्नेमा बढी मात्रामा उपत्यकाभन्दा पनि बाहिरी जिल्लाबाट भर्खर आएका चालक पर्ने गरेको प्रहरी महाशाखाले जानकारी गराएको छ। बाहिरी जिल्लाबाट आएका नयाँ चालक धेरै पर्छन्। नियम नै थाहा नभएकाले कतिपय अवस्थामा सचेत गराएर पठाउने गरिएको छ। 
विशेषगरी कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, कलङ्की, चक्रपथ, चावहिल महाराजगञ्जलगायत चक्रपथका मुख्य चोकमा सवारी साधनले उक्त नियम उल्लङ्घन गर्ने पाइएको ट्राफिक महाशाखाले जनाएको छ। 
अस्पताल, विद्यालय र मानिसको बाक्लो उपस्थिति रहने स्थानमा हर्न बजाउँदा त्यसको नकारात्मक असर धेरै हुने गरेको छ। यसले कानको जाली र भित्री जालीमा असर गर्छ। कानको भित्री कोषसम्म असर पार्छ र श्रवणशक्तिमा ह्रास गराउँछ। सधैँ चर्को हर्न बज्ने स्थानमा बस्ने मानिसको मुटु सामान्य स्थानमा बस्ने मानिसको तुलनामा कमजोर हुन्छ। चर्को हर्नले मानव मस्तिष्कमा विभिन्न किसिमका नकारात्मक रसायनहरु उत्पादन गराउँछ।  रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
नेकपा  सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
नेकपा सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला