एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
५३ पटक हेरिएको
Shares
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी

सारांश

  • काठमाडौँ ।
  •  नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।
  • टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो ।

काठमाडौँ ।  नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।

टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ ।

यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।

“यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ”, प्रवक्ता वैद्यले भन्नुभयो । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।

सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक हो भन्नुभयो ।

“टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Suresh Saud

    नेटवर्क राम्रो दिनु पहिले नेट त चल्दै चल्दैन के को सुभिदा दिन्छउ ।

    Comment Author

    Ram Rai

    अलिक चाँडाे भयाे कि याे सुबिधा दिन?कम्पनि डुबाउने नै भएपछि किन हतार गर्या हाेला?

    Comment Author

    Bikash Shrestha

    यो सापटि मन परेन आफुले मोबाईल वालाले चायोभने सापटलिईन्छ एेन्टिसिकोत आफै दिदोरैछ अनि पछि ब्यालेन्स गरेपछि कटाउने त्योत एेउटा ग्राहकलाई जबर्जस्ति सामान भीडाको जस्तो भैकोनि हामी ग्राहकलाई आबसेक पर्दा हामी आफैले लिनेको उनीहरुले कर लगायर दिनेहोईन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
‘दर्पण छाया २’बाट स्टार को बन्लान् ?
‘दर्पण छाया २’बाट स्टार को बन्लान् ?
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सवारी साधनको यान्त्रिक परीक्षण
सवारी साधनको यान्त्रिक परीक्षण
बट्टाईपालनमा युवा आकर्षित
बट्टाईपालनमा युवा आकर्षित