जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १०, २०७३
|
|
८५१ पटक हेरिएको
Shares
जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….

सारांश

  • हाल लाखौं प्रयोगकर्ताले वाइफाइ र थ्रीजीमार्फत् मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।
  • अब फोरजी आएपछि के हुन्छ त ?
  • खास के हो यो प्रबिधि ?

हाल लाखौं प्रयोगकर्ताले वाइफाइ र थ्रीजीमार्फत् मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् । अब फोरजी आएपछि के हुन्छ त ? खास के हो यो प्रबिधि ? (https://www.solidstonefabrics.com/) कसरी प्रयोग गर्ने ? कति पैसा लाग्छ ? के थ्रीजी चलाउनेहरु स्वतः फोरजीमा अपग्रेड हुने हुन् ?

फोरजी मोबाइल इन्टरनेट सेवाका बारेमा केही आधारभूत जानकारी हामी दिँदैछौं ।
के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । नेपाल टेलिकमले सञ्चालन गर्न लागेको फोरजी इन्टरनेटको न्यूनतम स्पीड ३० एमबी प्रति सेकेण्ड हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । थ्रीजी भने १४ एमवी प्रति सेकेण्डमा चल्छ ।

आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । बिभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।

नेपालमा सञ्चालन हुन लागेको फोरजी भने न्यूनतम ३० मेगाविट्सको हुनेछ । भारतीय कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

थ्रीजी भन्दा कति फास्ट ?

टेलिकमकी प्रवक्ता वैधका अनुसार कम्पनीले सुरु गर्न लागेको फोर जी थ्रीजीको तुलनामा कम्तीमा पनि दोब्बर गतिको हुन्छ । थ्री जीको अधिकत गति १४ मेगाविवट्स प्रतिसेकेण्ड हो भने फोर जीको न्यूनतम गति नै ३० मेगाविट्स हुनेछ । सिग्नल कमजोर भएको अबस्थामा तीन-चार मेगाविट्सको स्पीडमा पनि अहिले थ्रीजी चलिरहेको छ ।

तसर्थ फोरजी सेवा सुरु हुनु भनेको मोबाइलमै तिब्र गतिको इन्टरनेट हुनु हो । जसले गर्दा तपाइँले मोबाइलबाटै बिना बफररिङ टाइम भिडियो हेर्न सक्नुहुन्छ ।

ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सक्नुहुन्छ । इन्टरनेट स्पीडका कारण फेसबुक म्यासेन्जर, भाइवर, स्काइप जस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुने छैन ।

फोरजी सुरु हुँदा पनि  थ्री जी नै चलाइराख्न पाइन्छ ?

टेलिकमले टेक्नोलोजी न्युट्रल बिधिअनुसार यो सेवा सुरु गर्न लागेको हो । अर्थात् सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्नुहुन्छ । तपाइँले चाहेको बेलामा मात्र फोरजी सेवा लिन सक्नुहुन्छ ।

nepal-telecom-4g

आफ्नो आबश्यकताअनुसार कुनैबेला थ्रीजी र कुनैबेला फोरजी इन्टरनेट चलाउन सक्नुहुन्छ । अर्थात् तपाइँले फोरजी अप्सन अफ गरेर थ्रीजी वा टुजीमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।

कुन अबस्थामा फोरजी र कुन अबस्थामा थ्रीजी चलाउनु उपयुक्त हुन्छ ?

उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिनु पर्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्विर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ ।

तर, सामान्य अवस्थामा भने थ्री जी नै उपयुक्त हुन्छ । किनकि फोर जीको लागत थ्री जीको भन्दा महंगो हुन्छ । कम डाटा भएका वेबसाइट तथा एपहरु खोल्दा थ्रीजी नै पर्याप्त हुन्छ ।

ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न फोरजी चलाउँदा राम्रो हुन्छ ।

कति महंगो पर्छ फोरजी ?

बिश्वबजारमा फोरजीको मूल्य थ्रीजीको तुलनामा दुईदेखि पाँच गुणासम्म महंगा पर्ने गरेको छ । तर, नेपालमा भने टेलिकमले तीन वटा मोडालिटीमा मूल्यष् निर्धारण गर्न खोजेको टेलिकमकी प्रवक्ता बैद्यले जानकारी दिइन । सम्भव भएसम्म थ्री सेवा अनुसारकै मूल्यमा फोरजी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रमियम दरमा थ्रीजीभन्दा मंहगो गर्ने र सकेको अवस्थामा छुटसहित थ्रीजीभन्दा कम शुल्कमा सेवा दिने गरी मूल्य निर्धारण गर्ने गरी काम भइरहेको वैद्यले बताइन् ।

फोरजी सेवाको मूल्य कति राख्ने भन्ने बिभिन्न विकल्पमा छलफल भइरहेको र अहिले नै तय भइ नसकेको उनले जानकारी दिइन् ।

 

प्रसुति: समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावले देखाएको बाटो
चुनावले देखाएको बाटो
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
काम गर्ने समिती लाई पाखा लगाउदै बरुवा बसपार्क समीती
काम गर्ने समिती लाई पाखा लगाउदै बरुवा बसपार्क समीती
विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य
हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य
पहाड, मधेस तराइ कोहि छैनन पराइ…
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात