प्रि–सिजन टुरमा पीएसजिको शानदार जित, एम्बाप्पेको दुई गोल
सारांश
- एजेन्सी ।
- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ ।
- प्रि–सिजन टूरको पहिलो खेलमा पीएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६–१ गोल अन्तरले हराएको हो ।
एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । प्रि–सिजन टूरको पहिलो खेलमा पीएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६–१ गोल अन्तरले हराएको हो ।
दोस्रो डिभिजनको जर्मन क्लबविरुद्व फराकिलो जित निकाल्दै पीएसजीले प्रि–सिजनको सुखद सुरुवात गरेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेको दुई गोलको गरे । खेलको छैटौं मिनेटमा एम्बाप्पेले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुलियन ड्रेक्सलरले १८ औ मिनेटमा लिग वान क्लबको अग्रतालाई दोब्बर बनाए ।
३४ औ मिनेटमा केलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा ३ गोलले अगाडी बढेको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ४८ औ मिनेटमा आर्थर जाग्रेले पीएसजीका लागि चौथो गोल गरे । ६१ औ मिनेटमा वीरगिलु पोस्टोलाचीले क्लबकालागि पाचौ गोल गरे । त्यसको १० मिनेट पछाडी आदिल अछुतेले पीएसजीलाई ६–० को स्थितीमा पुर्याएका थिए ।
७६ औ मिनेटमा मौसा कोनले पेनाल्टीमा एक गोल गर्दै डायनामो ड्रेसडेनको हार अन्तर घटाउने काम गरेका थिए ।
प्रतिक्रिया