जाम्बियाको राजधानीमा दुई हजार जनालाई हैजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
जाम्बियाको राजधानीमा दुई हजार जनालाई हैजा

सारांश

  • लुसाका, १७ पुस ।
  • जाम्बियाको राजधानी लुसाकामा हैजाको प्रकोप ह्वात्तै बढेको छ ।
  • हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।

लुसाका, १७ पुस । जाम्बियाको राजधानी लुसाकामा हैजाको प्रकोप ह्वात्तै बढेको छ । हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबरदेखि अहिलेसम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताएका छन् । एजेन्सीहरुका अनुसार उनले हैजाबाट प्रभावित हुनेहरुको संख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिए । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उनले बताए ।

मन्त्रालयले त्यतिबेलादेखि नै धेरै मानिस एकै ठाउँमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ । ठूला बैबाहिक समारोह, साँस्कृतिक कार्यक्रमहरु, सडक व्यापार लगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरु थाल्न प्रतिरक्षात्मक निकायहरुलाई शुक्रबार निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?