बाबुरामले यसपालि पनि जोते हलो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बाबुरामले यसपालि पनि जोते हलो

सारांश

  • काठमाडौं, १५ असार ।
  • धान दिवसका अवसरमा गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री डा।
  • बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् ।

काठमाडौं, १५ असार । धान दिवसका अवसरमा गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । भट्टराईले पालुङटारमा नगरपालिका–१ सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाईलो राष्ट्रिय धान दिवस मनाएको जनाएका छन् ।उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने पनि बताएका छन् । कृषिमा आत्मनिर्भर बन्नुपर्ने पनि बताएका छन् । अघिल्लो वर्ष पनि बाबुराम गोरखा पुगेका थिए । उनले अघिल्लो वर्ष रोपाईँ कार्यक्रमपश्चात सम्बोधन गर्दै नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार भएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?