दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो

सारांश

  • एजेन्सी, माघ ७ ।
  •  भारतको राजधानी दिल्लीस्थित आम आद्मी पार्टी सरकारलाई त्यहाँका राष्ट्रपतिले ठुलो झट्का दिएका छन् ।
  • चुनाव आयोगपछि राष्ट्रपतिले पनि आम आद्मी पार्टीका २० जना विधान सभाका सांसदलाई अयोग्य ठहर गरेका हुन् ।

एजेन्सी, माघ ७ । भारतको राजधानी दिल्लीस्थित आम आद्मी पार्टी सरकारलाई त्यहाँका राष्ट्रपतिले ठुलो झट्का दिएका छन् । चुनाव आयोगपछि राष्ट्रपतिले पनि आम आद्मी पार्टीका २० जना विधान सभाका सांसदलाई अयोग्य ठहर गरेका हुन् ।

चुनाव आयोगले लाभको पदको मामिलामा दिल्लीको सत्ताधारी आम आद्मी पार्टी (आप) का २० विधायकलाई अयोग्य ठहर गरेको थियो । त्यसपछि ‘आप’ ले चुनाव आयोगको सिफारिसविरुद्ध दिल्ली उच्च अदालतमा गुहार मागेको थियो । जहाँ उच्च अदालतले आपका विधायकबारे निर्वाचन आयोगको सिफारिसविरुद्ध अन्तरिम आदेश दिन इन्कार गरेको थियो ।

दिल्लीको केजरीवाल सरकारले २०१५ मा ‘आप’ पार्टीका २१ विधायकलाई संसदीय सचिव बनाएको थियो । त्यसपछि प्रशान्त पटेल नामका वकीलले लाभको पद लिएको बताउँदै राष्ट्रपतिसँग यी विधायककको सदस्यता समाप्त गर्न माग गरेका थिए । यसबीचमा विधायक जनरल सिंहले अघिल्लो वर्ष राजीनामा दिएपछि यस मामिलामा फसेका विधानसभाका सदस्यको संख्या २० मा झरेको थियो ।

आम आद्मी पार्टीले मुख्य चुनाव आयुक्त एके ज्योति आफ्नो अवकाश भन्दा पहिले सारा थन्किएका काम सक्न लागेको बताउँदै त्यहीकारण आयोग फटाफट पुराना मामिला मिलाउन लागेको आरोप लगाएको थियो । उनी यही २२ तारिखमा अवकाशमा जाँदैछन् । दिल्लीको सत्ताधारी पार्टीले यस्तो निर्णय गर्नै नसक्ने बताउँदै यसको टुंगो अदालतमा हुने बताउँदै आएको थियो । पार्टीले विधायकहरुको कुरा नै नसुनिएको गुनासो गरेको थियो ।

भारतीय संविधानको अनुच्‍छेद १०२(१)(ए) र १९१ (१)(ए) का अनुसार संसद या विधानसभाका कुनै पनि सदस्य यदि लाभको कुनै पनि पदमा बसेमा उसको सदस्यता खारेज गर्न सकिन्छ । यो लाभको पद केन्द्र र राज्य कुनै पनि सरकारमा जोडिन सक्छ ।

जसले विधायकबाट हात धुनुपर्‍यो

१. प्रवीण कुमार

२. शरद कुमार

३. आदर्श शास्त्री

४. मदन लाल

५. चरण गोयल

६. सरिता सिंह

७. नरेश यादव

८. जरनैल सिंह

९. राजेश गुप्ता

१०. अलका लाम्बा

११. नितिन त्यागी

१२. सञ्जीव झा

१३. कैलाश गहलोत

१४. विजेन्द्र गर्ग

१५. राजेश ऋषि

१६. अनिल कुमार वाजपेयी

१७. सोमदत्त

१८. सुलबीर सिंह डाला

१९. मनोज कुमार

२०. अवतार सिंह

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sam Bahadur Tamang

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
जीप दुर्घटना हुँदा तीनको मृत्यु
जीप दुर्घटना हुँदा तीनको मृत्यु
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
पाँच अर्बको हस्तकला सामग्री निर्यात
पाँच अर्बको हस्तकला सामग्री निर्यात
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै
पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

तपाईंले छुटाउनुभयो कि?