साइबेरियामा विशाल भ्वाङ कसरी बन्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
साइबेरियामा विशाल भ्वाङ कसरी बन्यो

सारांश

  • एजेन्सी, २९ भदौँ ।
  • रुसी टिभीका केही व्यक्तिहरु साइबेरियन टुन्ड्राको भ्रमण गरिरहेका अवस्थामा उनीहरुले ठूलो भ्वाङ देखेका थिए ।
  • उक्त क्रेटर करिब १०० फिट गहिरो र २० मिटर गोलाई रहेको जनाइएको छ ।

एजेन्सी, २९ भदौँ । रुसी टिभीका केही व्यक्तिहरु साइबेरियन टुन्ड्राको भ्रमण गरिरहेका अवस्थामा उनीहरुले ठूलो भ्वाङ देखेका थिए । उक्त क्रेटर करिब १०० फिट गहिरो र २० मिटर गोलाई रहेको जनाइएको छ । यसको आकार र गहिराई हेरेर प्राकृतिक विपत्तिले निम्त्याएको बुझिएको छ । विज्ञहरुले उक्त भ्वाङको सही गहिराई मापन गर्ने सकेको छैन । सन् २०१३ देखि यस्तो प्रकारको भ्वाङ उक्त भूभागमा नवौँ पटक देखिएको जनाइएको छ ।

उत्तरपश्चिम साइबेरियाको यमल पेनिनसुलास्थित रहेको ग्यास र तेल खानी नजिक घटेको बेला अनुसन्धान गरिएको थियो । उक्त क्षेत्रमा अत्यधिक तापक्रम विज्ञहरुले विशाल भ्वाङ मिथेन ग्यासको कारण उत्पात्ति भएको जनाएका छन् । थप अनुसन्धान भएरहेको जनाइएको छ । अहिलेसम्म उक्त भ्वाङको उत्पत्ती कसरी भएको अन्योल छ । विज्ञहरु उक्त क्षेत्रको अवलोकन गर्न पुगेकाछन् । भ्वाङ निर्माण एकदिनमा नभइ वर्षै लागेकोमा विज्ञहरु विश्वस्त रहेका छन् । उक्त भ्वाङलाई वातावरण परिवर्तन संग पनि जोडिएको छ । यस विषयमा समेत थप अनुसन्धान भइरहेको छ ।

(nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?