जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक

सारांश

  • सोलुखुम्बु, २१ जेठ ।
  • निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।
  • दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ ।

सोलुखुम्बु, २१ जेठ । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।

दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ ।

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्वसाधारणले सडकको गुणस्तरलाई लिएर चिन्ता व्यक्त गरेका छन् । मुक्लीका धनबहादुर गुरुङ भन्नुहुन्छ – “एक वर्षमै सडकको हालत खराब भयो, अब टालटुल पारेको सडक अर्को वर्ष उस्तै हुन्छ, आखिर सडक पिच गरेको के अर्थ भयो र ?” गत वर्ष वर्षायामका समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो ।

सडकछेउका नहर पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ । हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो । सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकसमेत अहिले सडकमार्गमार्फत आउन थालेका छन् । सडक निर्माणमा लापर्बाही गरिएकाले छिट्टै भत्किने डरले पर्यटन व्यवसायी पनि चिन्तित छन् ।
सडक कालोपत्रेका लागि एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ ।
सुरुमा एसियाली विकास बंैक (एडिबी)को रु ४३ करोड र नेपाल सरकारको रु २२ करोड गरी रु ६५ करोड लागत इस्टमेट तयार पारिए पनि निर्माण सम्झौता अवधिमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुङ्गा–सल्लेरी सडक आयोजनाले जनाएको छ ।

काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनी लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक म्याद थप गरेको छ । टालटुल पारेको सडक जिम्मा लिने सन्दर्भमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाल भएको कामको मूल्याङ्कनअनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिएर सडक जिम्मा लिने तयारी भएको बताउनुहुन्छ तर सोलुखुम्बुवासी भने गुणस्तरहीन सडक बनाएर सोलुवासीको आँखामा छारोमात्र हालेको गुनासो गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
बिदा हुँदै प्रहरी महानिरीक्षक खनाल, नयाँ महानिरीक्षकको टुंगो आज
बिदा हुँदै प्रहरी महानिरीक्षक खनाल, नयाँ महानिरीक्षकको टुंगो आज
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को  हालीमुहाली मात्र चल्छ   !
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को हालीमुहाली मात्र चल्छ !
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?

तपाईंले छुटाउनुभयो कि?