मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका पूर्वसांसद कीर्ति आजादको अभिव्यक्तिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सामु आलोचना गरेका छन् ।
  • दुई दिने नेपाल भ्रमणमा रहेका मोदी र अध्यक्ष प्रचण्डबीच आज भएको भेटवार्तामा उनकै पार्टीका पूर्वसांसद आजादको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

काठमाडौं, २९ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका पूर्वसांसद कीर्ति आजादको अभिव्यक्तिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सामु आलोचना गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका मोदी र अध्यक्ष प्रचण्डबीच आज भएको भेटवार्तामा उनकै पार्टीका पूर्वसांसद आजादको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

बिजेपीका पूर्व सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसलाई भ्रामक र हानीकारक प्रचारको संज्ञा दिए । उनले पूर्वसांसद आजादको अभिव्यक्तिको भत्र्सना पनि गरे ।

बीजेपीका पूर्वसांसद आजादले आफ्नो ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेका थिए, “आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा तपाईलाई स्वागत छ । २ सय वर्ष पहिले अंग्रेज र नेपालीबीच भएको सन्धि, जसमा मिथिलाको भागलाई नेपाललाई दिइयो र समाप्त भयो । सीता मातालाई आदर गर्दै यसलाई फिर्ता लिई मिथिला राज्य गठन गर्नुहोस् ।” आजादको यो भनाइलाई नेपालमा व्यापक विरोध गरिएको छ ।

शनिवार दिउँसो होटल हयातमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सबै क्षेत्रका जनतालाई विश्वासमा लिई तीनवटै तह स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएको र यसका लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए । नेपालको समग्र विकासमा छिमेकीहरुबाट सहयोगको अपेक्षा रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले सिमानाका समस्या, मधेसको डुबानको समस्या र विराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनु पर्ने कुरा छलफलका क्रममा उठाएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sweekar Shrestha

    Nata ta parchanda matra ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी
प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै

तपाईंले छुटाउनुभयो कि?