जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र

सारांश

  • उदयपुर, २ पुस , जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट सेवाग्राहीलाई लक्षित गर्दै ध्वनि नागरिक वडा पत्रको शुरुवात गरेको छ ।
  • प्रशासन कार्यालय उदयपुरले प्रवाह गर्ने सेवाको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नागरिक सेवाको विषयमा रेकर्ड गरिएको ध्वनि प्रशासन परिसरमा प्रसारण गरिनेछ ।
  • जिल्ला प्रशासनमा खासगरी नागरिकता, राहदानी, संस्था दर्तालगायत प्रशासनले प्रदान गर्ने सेवा र त्यसको क्रियाको विषयमा नागरिकलाई थाहा पाउनका लागि ध्वधि नागरिक वडापत्रको व्यवस्था गरिएको हो ।

उदयपुर, २ पुस , जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट सेवाग्राहीलाई लक्षित गर्दै ध्वनि नागरिक वडा पत्रको शुरुवात गरेको छ । प्रशासन कार्यालय उदयपुरले प्रवाह गर्ने सेवाको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नागरिक सेवाको विषयमा रेकर्ड गरिएको ध्वनि प्रशासन परिसरमा प्रसारण गरिनेछ ।

जिल्ला प्रशासनमा खासगरी नागरिकता, राहदानी, संस्था दर्तालगायत प्रशासनले प्रदान गर्ने सेवा र त्यसको क्रियाको विषयमा नागरिकलाई थाहा पाउनका लागि ध्वधि नागरिक वडापत्रको व्यवस्था गरिएको हो । नागरिक सामान्य जानकारीको अभावमा सेवा प्रभावित हुने भएकाले नागरिकलाई आफूले पाउने सेवाको विषयमा जानकारी बोध गराउन ध्वनि नागरिक वडापत्र प्रसारणमा राखिएको प्रजिअ कँडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय परिसरभित्र अब केही समयभित्रै ‘फ्री वाईफाई’ क्षेत्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्ला प्रशासनले प्रदान गर्ने सार्वजनिक सेवाको विषयमा वेबसाइटमा समेत राखिएकाले नागरिकले घरैमा बसेर पनि प्रशासनको सेवाको विषयमा जानकारी लिन सकिने जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको ध्वनि नागरिक वडापत्रका लागि त्रियुगा उद्योग वाणिज्य संघले उपकरण सहयोग गरेको छ । वाणिज्य संघले करिब १७ हजारबराबरको उपकरण सहयोग गरेको हो ।

जनताले सरकारले दिने सेवा विषयमा जानकारी गराउनका लागि उपकरण सहयोग गरेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय उदपुरलाई उपकरण सहयोग गरे सँगै त्रियुगा उद्योग वाणिज्य संघलाई धन्यवाद पत्रसहित आइतबार सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?