यस्तो हुनेछ आगामी तीन दिन मौसम

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
३७ पटक हेरिएको
Shares
यस्तो हुनेछ आगामी तीन दिन मौसम

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिक देखि सामान्य बदली रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिक देखि सामान्य बदली रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। बुधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार एकैदिन ५८१ कोरोना संक्रमित थपिए
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी
गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा

तपाईंले छुटाउनुभयो कि?