मोदीलाई प्रचण्ड बहुमत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मोदीलाई प्रचण्ड बहुमत

सारांश

  • नयाँदिल्ली।
  • भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्या्टिक एलाइन्स (एनडिए) ले प्रचन्ड बहुमत हासिल गर्ने निश्चित भएको छ ।
  • दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए ।

नयाँदिल्ली। भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्या्टिक एलाइन्स (एनडिए) ले प्रचन्ड बहुमत हासिल गर्ने निश्चित भएको छ । दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए । गरिबको सामान्य आवश्यकता पुरा गर्ने हो भने सन् २०२४ अगाडी देशलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनको भनाइ थियो। सरकार बहुमतबाट बन्ने उल्लेख गर्दै यस चुनावलाई नम्रतापुर्वक स्विकार गर्ने धारणा मोदीले राखे।

मोदीले भने– जनताले सरकार बनाउने बहुमत दिएको छ। तर लोकतन्त्रको संस्कार र उसको स्पिरिटले हामीलाई जिम्मेवारी दिन्छ कि सरकार बहुमतले नै बन्ने हो तर देश सर्वमतले बन्छ।

प्रचन्ड बुहमतपछि पनि पुरै नम्रताका साथ लोकतन्त्रको भावनाले चल्नुपर्नेछ। संविधान हाम्रो सुप्रिम हो, उसकै छायामा हामीले चल्नु पर्नेछ – उनको विचार थियो।

चुनाव आयोगले घोषणा गरेको पछिल्लो नतिजामा भाजपा गठबन्धन एनडिएले यो समाचार तयार पार्दासम्म ८४ सिट जित हासिल गरिसकेको छ भने उसले ३ सय ४८ सिट सहित प्रचन्ड बहुमत हासिल गर्न सक्ने देखाएको छ।

प्रमुख विपक्षी युपीए गठबन्धन ९३ सिटमा खुम्चिएको छ। युपीएले अहिलेसम्म घोषित नतिजामा २४ सिटमा जित हासिल गरिसकेको छ। यसैगरि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमुल कांग्रेस पार्टीले २२ सिट र बाँकी अन्य पार्टीहरूले ७ सिटमा जित हासिल गरेका छन्।

लोकसभाको ५ सय ४२ सिटमा घोषित नतिजाबाहेक २ सय ६६ सिटमा एनडिएले अग्रता हासिल गरिरहेको छ। यसमा भाजपा २ सय ३०, शिवसेना १५, जनता दल (यु) १३ ,लोजपा ५, एसएडी २, अकाली दल र एआइएडीएमके २–२ गरी अन्य तीन पार्टी एक एक सिटमा अग्रता हासिल गरिरहेका छन्।

यसैगरी कांग्रेस नेतृत्वको गठबन्धन युपीएले ६५ सिटमा अग्रता हासिल गरिरहेको छ भने २४ सिटमा जितिसकेका छन् । यसमा कांग्रेको पोल्टामा २० सिट परेको छ भने बाँकी गठबन्धन घटकमा बाँधिएका छन्। कांग्रेसको मात्रै ३१ सिटमा अगाडि रहेको छ भन्ने द्रमुक २१ र अन्य सहयोगी ११ सिटमा अगाडी रहेका छन्।

यसैगरी प्रमुख विपक्षी पार्टी कांग्रेस पार्टीको नेतृत्वमा रहेको युपीए (युनाइटेड प्रोगे्रसिव एलाइन्स) ८६ सिटमा अग्रता हासिल गरिरहेको छ । यसमा कांग्रेस पार्टी ५२, डिएमक २३, नेसनल कंग्रेस पार्टी ५ र अन्य तीन पार्टीको एक एक सीटमा अग्रता रहेको देखिएका छ । यसपटकको लोकसभा चुनाव सात चरणमा सम्पन्न भएका थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?