कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !

सारांश

  • सेक्स संसारको सबैभन्दा जटिल मसला हो ।
  • प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् ।
  • हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ ।

सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् । हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ । चाहे त्यो मानिससँग सम्बन्धित होस् वा सर्पसँग ।

जीजस रिवास अमेरिकाको मेक्सीको हाइल्याण्ड युनिभर्सिटीमा सर्पका विशेषज्ञ हुन् । अंग्रेजीमा यस्ता जानकारलाई हर्पिटोलोजिस्ट भनिन्छ ।

केही समय अघि जिजसलाई दक्षिण अमेरिकामा पाइने विशालकाय सर्प अर्थात् एनाकोन्डाको यौनजीवनबारे अचम्म जानकारी प्राप्त भयो ।

एनाकोन्डामा सेक्स पछि पोथीले भालेलाई खाने गर्दछ । योभन्दा अघि वैज्ञानिकले सर्पको सेक्समा पोथी हावी हुने बुझ्दथे ।

पोथी सर्प भालेको इशारामा नाच्छ भन्ने सोच्ने गरिन्थ्यो । तर एनाकोन्डाबारे यो जानकारीले उनलाई अचम्मित बनाइदिएको छ । जिजसका अनुसार सर्पको मेटिङबारे यो सबैभन्दा ताजा जानकारी हो ।

सेक्समा हावी हुन्छन् पोथीः

अन्य प्रजातीको जनावरमा भाले ठूलो आकारको हुन्छ र शक्तिशाली पनि । तर सर्पको प्रजातीमा ठ्याक्कै उल्टो हुन्छ । त्यसकारण थुप्रै पटक सेक्स पश्चात् पोथीले भालेलाई निल्ने गर्दछ । एनाकोन्डामा पोथी थुप्रै पटक भालेभन्दा पाँच गुणासम्म ठूलो हुन्छ । जसका कारण पोथीलाई सजिलै निल्न सहयोगी हुन्छ ।

छेपारो, चरा र स्तनधारी जनावरमा भाले साधारणतया पोथीभन्दा ठूलो आकारको हुन्छ । यसको प्राकृतिक कारण यो हो कि पोथीको तुलनामा भाले ठूलो हुँदा उनीहरुलाई यौनसम्बन्ध बनाउनका लागि साथी खोज्न सहूलियत हुन्छ ।

तर सर्पको प्रजातीमा भाले पाथीभन्दा ठूलो हुनु फाइदाजनक छैन । सेक्सका लागि अन्य भाले ससर्पसँगको तुलनामा धेरैजसो भाले सर्प आफ्नो पुच्छरले अर्कोलाई धकेलेर पोथी सर्पको प्रजननांगसम्म पुग्ने गर्दछ । यसका लागि उनीहरुलाई पोथीभन्दा धेरै ठूलो हुनुपर्ने आवश्यक छैन ।

पोथी सर्प विशाल हुनु धेरैभन्दा धेरै अण्डा दिन र बच्चा जन्माउनका लागि सहयोगी हुने गर्दछ । त्यसकारण साना भाले सर्पले सेक्सको साथीको रुपमा विशाल पोथी सर्पको खोजी गर्दछ । तर प्रश्न यो उठ्छ कि सर्पले त राम्रोसँग देखिँदैन, यस्तोमा यौन सम्बन्ध बनाउनका लागि ठूला पोथीको कसरी खोजी गरिन्छ ?

अनुसन्धानमा थाहा भयो कि सर्पमा सेक्सको इच्छा पोथी सर्पले जाहिर गर्ने गर्दछ । जब पोथी सर्प जाडो वा गर्मीमा हाइबरनेशनबाट बाहिर आउँछन् तब उनीहरुले काँचुली फेर्छन् ।

त्यसपछि उनीहरुले फेरोमन नामको हर्मोन उत्पादन गर्ने गर्दछ । यसैको मद्दतले भाले सर्प उनीहरुतर्फ आकर्षित हुन्छन् । यी हर्मोनको मद्दतले भाले सर्प पोथीको आकारबारे पनि जानकारी पाउने गर्दछ ।

सर्पको ब्रिडिङ सिजनमा पोथी जति ठूलो हुन्छ त्यसको शरिरबाट त्यति नै धेरै केमिकल उत्पादन हुने गर्दछ । त्यसको पिछा गर्दै भाले सर्प उनीहरुसम्म पुग्ने गर्दछ । भाले सर्पले सानो आकारको पोथीलाई लोभ्याउन कोसिस गर्दैन भन्ने होइन ।

तर यस्तो निकै कम हुन्छ । तर यो क्रममा यदि कुनै ठूलो आकारको पोथी वरिपरि छ भने भाले सर्पले तुरुन्त आफ्नो ध्यान परिवर्तन गर्दछ । सर्पको बारेमा साधारणतया यो बुझिन्छ कि भाले सर्पले एकैपटक थुप्रै पोथीसँग सम्बन्ध राख्ने गर्दछ । तर नयाँ अनुसन्धानले त्यसको ठिक विपरित नतिजा निकालेको छ ।

कुनै विशेष पोथीको पिछा लाग्ने गर्दछ एनाकोन्डाः

ब्रिटेनको यूनिभर्सिटी अफ वोल्वरह्याप्टनका मार्क ओ’शियाले मलेसियामा पाइने प्याराडाइज फ्लाइंग स्नेकले यसको ठिक विपरित व्यवहार गर्दछ । यहाँ थुप्रै भालेले एक पोथीको पिछा गर्ने गर्दछ ।

यससँगै सम्बन्धित सर्पको अर्को एक प्रजाति किल–बेलिड–व्हिपस्नेकमा पनि देखिएको छ । यो प्रजातीमा पनि थुप्रै भाले मिलेर एक पोथीलाई लोभ्याउने प्रतिस्पर्धा गर्दछन् ।

जमिनी स्तरमा सर्पबिच ‘ओर्जी’ (अर्थात् एकैसाथ, एकै ठाउँमा थुप्रै जोडीको सेक्स हुनु) निकै धेरै हुने गर्दछ । जस्तै एनाकोन्डामा पोथी एक ठाउँमा बस्ने गर्दछ ।

यस्तै भाले एनाकोन्डा त्यसको वरिपरि घुम्ने गर्दछ । त्योसँग टाँस्सिएर रिझाउने कोसिस गर्दछन् । वैज्ञानिकका अनुसार थुप्रै पटक यो प्रक्रिया महिनौंसम्म चल्ने गर्दछ ।

जिजस रिवासका अनुसार उनले एकपटक हरियो भाले एनाकोन्डाले एक पोथीको पछाडि हात धोएर लागीपरेको देखेका थिए । जबकी वरिपरि थुप्रै अन्य पोथी एनाकोन्डा थिए जोसँग उसले सेक्स गर्न सक्थ्यो ।

तर उसले त्यसो गरेन एउटैलाई सेक्स गर्न फकाइरहेको थियो । जिजसका अनुसार सायद त्यो उनको वास्तविक प्रेम थियो ।

एक पोथीको पछाडि सय भाले सर्पः

क्यानडामा पाइने गार्टर स्नेकबिच त भयंकर प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एक पोथीको पछाडि सयभन्दा बढि भाले सर्प लाग्ने गर्दछ । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । क्यानडाको म्यानिटोबाको जंगलमा सर्पको मेटिङ सिजनमा यो दृश्य निकै साधारण हो ।

तर सर्पको यही प्रजाती अमेरिकाको अन्य भागमा त्यही प्रकृतिको हुँदैन । अर्थात्, स्थानको हिसाबले सर्पको सेक्स गर्ने व्यवहार पनि परिवर्तन हुने गर्दछ । जस्तो कि न्यू मेक्सीकोमा पाइने गार्टर स्नेकले यस्तो गर्दैन ।

यहाँ पोथीले नै आफ्नो यौन साथी छान्ने गर्दछ । पोथीले नै आफ्नो यौनाङ्गले सेक्सको पूरा प्रक्रिया नियन्त्रण गर्दछ र यौन साथी छान्नुका साथै सेक्सको प्रक्रिया कति बेरसम्म चल्नेछ त्यो पनि पोथीले निर्धारण गर्नेछ ।

सन्तुष्ट नभए अन्य साथीको खोजीः

यदि पोथीले भोलेसँग सन्तुष्ट पाएन भने उसले तुरुन्त त्यसबाट छुटकार पाउँछ र अर्को साथीको खोजी गर्न थाल्छ । तर अब यो प्रश्न उठ्छ कि पोथीले कसरी तय गर्छ कि कुन भाले सर्प यौनसम्बन्धका लागि ठिक हुन्छ ?

यो प्रश्नको सटिक जवाफ अहिलेसम्म वैज्ञानिकले खोज्न सकेको छैन । तर यो भालेको प्रतिभा र त्यसको लगनमा निर्भर हुने गर्दछ । अथवा, पोथीले आफ्नो छुने ताकतले भालेको ताकतको अन्दाज गर्ने सम्भावना छ ।

हुन त पोथी सर्पले कुनै एक भालेसँगमात्र यौनसम्बन्ध बनाउनुपर्छ भन्ने जरुरी छैन । धेरैजसो एक पोथी सर्पले थुप्रै भाले सर्पसँग सेक्स गरिरहेको देख्न सकिन्छ । यस्तै, भाले सर्प साधारणतया कुनै एक पोथी सेक्सका लागि तयार भएपछि त्यसप्रति इमान्दार हुने गर्दछ । जब पोथी निदाउँछ त्यतिबेला उनी भाले पोथीको वरिपरि नै घुम्ने गर्दछ ।

पोथीले एकसाथ थुप्रै सेक्स पार्टनर किन छान्ने गर्दछ ?

आखिर पोथी सर्पले थुप्रै यौन साथी निक छान्ने गर्दछ ? सायद त्यसभित्र सेक्सको धेरै चाहना हुने भएकाले हुनसक्छ । अथवा, थुप्रै सर्पसँग यौनसम्बन्ध बनाएर पोथी सर्पले यो निर्णय गर्नेछ कि कुन भालेबाट सबैभन्दा शक्तिशाली बच्चा हुनेछन् । किनभने सेक्सको उद्देश्य त अर्को पीढिलाई जन्म दिनु नै हो ।

पोथी सर्पसँग भालेको शुक्राणुलाई केही दिनसम्म आफूभित्र बचत गरेर राख्ने क्षमता रहेको हुन्छ । सायद यसकारण त्यसले थुप्रै भाले सर्पसँग सेक्स गर्छ र तीमध्ये त्यो साथीको शुक्राणुका साथ बच्चा पैदा गर्ने तय गर्नेछ जसले सबैभन्दा स्वस्थ बच्चा जन्मिने अन्दाज गरिन्छ ।

प्रकृतिको खेल हेर्नुहोस्, पोथी सर्पले थुप्रै पटक सेक्सपछि विशेष प्रकारको फेरोमोन हर्मोन छोड्ने गर्दछ जसले भाले सर्पलाई यो सन्देश पुर्याउँछ कि अब त्यसले सेक्स गर्दैन । यस्तै अमेरिकाको लाल गार्टर स्नेकमा भालेले यौनसम्बन्ध बनाएपछि जिलेटिनजस्तो पदार्थ पोथकिो यौन अंगमा छोड्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य  नियुक्त
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
नेवार समूदायले आज पनि भाइटीका (किजापूजा) गर्दै
कृष्णनगर भन्सारको लक्ष्य: आठ सय करोड
कृष्णनगर भन्सारको लक्ष्य: आठ सय करोड

तपाईंले छुटाउनुभयो कि?