दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२७ पटक हेरिएको
Shares
दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

सारांश

  • खलङ्गा ।
  • दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् ।
  • विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो ।

खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् ।

विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् ।

धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उनले बताए । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।

केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?