जुलुुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७३
|
|
१६५ पटक हेरिएको
Shares
जुलुुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह

सारांश

  • गोरखा – पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए ।
  • दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे ।
  • उनको हातमा तरबार र ढाल थियो ।

गोरखा – पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए । दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे । उनको हातमा तरबार र ढाल थियो । कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका । र्‍यालीका सहभागी उनैलाई हेर्न थाले । यो खबर आजको नयाँ पत्रिकामा छ ।

गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए । उनी र्‍यालीका आकर्षक बने । बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण शाहजस्तै देखिएका थिए । नक्कली पृथ्वीनारायण बनेका श्रेष्ठसँग तस्बिर खिचाउनेको भीड लाग्यो ।

र्‍यालीमा उनीसँग तस्बिर खिच्न समय माग्नेलाई उनी ठट्यौली पारामा उत्तर दिन्थे, ‘पृथ्वीनारायण शाह मेरो बाजे हुन् ।’ पृथ्वीनारायणको जस्तै पोसाक बनाउन पाँच हजार लागेको श्रेष्ठले बताए । ‘काठको तरबार बनाएको छु, नाङ्लोलाई रङरोगन गरेर ढाल बनाएको छु,’ उनले भने, ‘सीप जानेको मान्छे, बाबियो र बिजुलीको बल्बले श्रीपेचको भवर बनाएको हुँ, श्रीपेचलाई रङ लगाएपछि उस्तै देखिएको छ ।’

उनी पहिलोपटक यही वर्ष भएको नवौँ गोरखा महोत्सवमा पृथ्वीनारायणको भेषमा देखिएका थिए । त्यतिवेला धेरैले मन पराएपछि पृथ्वीजयन्तीमा पनि त्यही पहिरन लगाएको उनको भनाइ छ । ‘अब सार्वजनिक कार्यक्रममा यही पहिरन लाउँछु,’ उनले भने ।

युवा पुस्ताले शाहलाई नभुलून् भनेर आफू शाहको भेषमा आएको उनले बताए । पृथ्वीनारायणको योगदानलाई ओझेलमा पार्ने गरी प्रचार हुन थालेको भन्दै उनले दुःख व्यक्त गरे । बजार परिक्रमा गरेर ¥यालीका सहभागीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

०६४ यता जनस्तरबाटै मनाइन्छ
०६४ मा तत्कालीन माओवादीले पृथ्वीनारायण शाहको सालिक तोडेपछि स्थानीयको सक्रियतामा पुनः सालिक निर्माण गरिएको छ । त्यसयता गोरखामा जनस्तरबाटै पृथ्वीजयन्ती मनाउन थालिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
कहिले पाउँछन् उखु किसानले भुक्तानी !
कहिले पाउँछन् उखु किसानले भुक्तानी !
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो
विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो
राइनो संरक्षण गोल्डकप आजदेखि
राइनो संरक्षण गोल्डकप आजदेखि
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो