यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,
सारांश
- प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे ।
- शिक्षा कार्यालय मुगुले १६ बालबालिका ९ छात्र र ७ छात्रालाई भर्ना गराउन राताताल किनारमा भेला पारेको थियो ।
- तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल ।
प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे ।
शिक्षा कार्यालय मुगुले १६ बालबालिका ९ छात्र र ७ छात्रालाई भर्ना गराउन राताताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल ।
प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ बर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे ।
छात्राको अभिभावकत्व गहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छोन्तोम लामालाई भर्ना गराईन । तर, कार्यक्रममा ल्याईएका कुलालाई कसैले भर्ना गर्न सकेनन् । कारण थियो, अपांगता । अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन ।
विद्यालयमा उनलाई आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
दिल लामा
good