जुवामा ७६ वर्षीय वृद्धलाइ दाउ लागेपछि..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
६३ पटक हेरिएको
Shares
जुवामा ७६ वर्षीय  वृद्धलाइ दाउ लागेपछि..

सारांश

  • बुटवल, २२ कात्तिक ।
  • बुटवल प्रहरीले जुवाको खालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ ।
  • खालबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ ।

बुटवल, २२ कात्तिक । बुटवल प्रहरीले जुवाको खालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । खालबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ । रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

बुधबार मध्यराति १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा पासा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर सोही स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।

पक्राउ परेका व्यक्तिहरू इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा छन् । ३ महिनाको अवधिमा बुटवल प्रहरीले जुवा खेल्ने करिब ४० जनालाई मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
नयाँ शक्तिले पायो चुनाव चिह्न
नयाँ शक्तिले पायो चुनाव चिह्न
डा. गोपाल शिवाकोटी “चिन्तन”ले किन भने मोदीको नेपाल भ्रमणलाई आत्मघाती ?
डा. गोपाल शिवाकोटी “चिन्तन”ले किन भने मोदीको नेपाल भ्रमणलाई आत्मघाती ?
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन 
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन 
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी