परिवार पोखरामा पारस एक्लै चितवनतिर
सारांश
- काठमाडौं।
- आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गरेका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका हुन्।
- शनिबारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन्।
काठमाडौं। आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गरेका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका हुन्।
शनिबारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन्। पारस पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै लाग्दैछन्।
पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए। ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन गएका छन्’–स्रोतले भन्यो।
यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो। श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेका थिए।
यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ। उनी पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ।
झापामा रहँदा उहाँ आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम तय भएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई भेटेसंगै फागुन ७ गतेबाट आन्दोलन घोषणा गर्ने बताउँदै आएका छन्। लगत्तै झापामा विभिन्न तहका नेता कार्यकर्तासंग भेट गर्ने योजना रहेको छ।
झण्डै तीन साता लामो समयसम्म बस्ने योजना तय गर्नुभएका ज्ञानेन्द्रले यही फागुन ७ गते कोमलको जन्मदिन झापामै मनाउने कार्यक्रम तय गरेको स्रोतले जनाएको छ। नेपाल समाचारपत्र दैनिक
प्रतिक्रिया