नयाँ शक्तिले पायो चुनाव चिह्न
सारांश
- काठमाडौं ।
- असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ ।
- आजको नागरिक दैनिकमा खबर छ– नयाँ शक्तिका नेता पर्शुराम खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए ।
काठमाडौं । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– नयाँ शक्तिका नेता पर्शुराम खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए ।
फोरम नेपालले आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि नयाँ शक्ति अप्ठेरोमा परेको थियो । यसअघिका चुनावमा नयाँ शक्तिले फोरम नेपालको चिह्न प्रयोग गरेको थियो ।
निर्वाचन आयोगले नयाँ शक्तिलाई दलीय हैसियतमा चुनाव चिह्न प्रयोग गर्न दिएको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया