जुवा खेलिरहेका ९ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जुवा खेलिरहेका ९ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौँको बौद्धस्थित जोरपाटीको एक खाजा घरबाट महानगरीय प्रहरी वृत्तले बुधबार राति ८० हजार रुपैयाँ नगदसहित ९ जनालाई पक्रेको छ ।
  • गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको खाजा घरमा जुवा खेलिरहेको बेला प्रहरीले पक्राउ पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौँको बौद्धस्थित जोरपाटीको एक खाजा घरबाट महानगरीय प्रहरी वृत्तले बुधबार राति ८० हजार रुपैयाँ नगदसहित ९ जनालाई पक्रेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको खाजा घरमा जुवा खेलिरहेको बेला प्रहरीले पक्राउ पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तले जनाएको छ ।

काभ्रेका अनिल तामाङ, उदयपुरका मानबहादुर खत्री, रामेछापका सुकलाल तामाङलगायत जुवा खेलिरहेको बेला पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान पछि कानूनबमोजिम मुद्दा चलाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?