भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी

सारांश

  • भोजपुर ।
  • भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाल विजयी भएको छ ।
  • भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ ।

भोजपुर । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाल विजयी भएको छ ।

भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी हुनुभयो । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गरे । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।

यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका  सीताराम श्रेष्ठले २५७ मत प्राप्त गरे ।

त्यस्तै, भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।

भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी भए । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suresh Saud

    Badhi xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
उठीबासको त्रासमा मरिक र सदा परिवार
उठीबासको त्रासमा मरिक र सदा परिवार
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
प्रदेश ३, ४ र ५ का प्रमुखले गरे पदभार ग्रहण, ७ का प्रमखु अझै पुगेनन्
प्रदेश ३, ४ र ५ का प्रमुखले गरे पदभार ग्रहण, ७ का प्रमखु अझै पुगेनन्
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
पर्वतका ३२ वनमा आगलागी
पर्वतका ३२ वनमा आगलागी
कुकुरले हुर्काएकाे सिंह !
कुकुरले हुर्काएकाे सिंह !

तपाईंले छुटाउनुभयो कि?