कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
५२ पटक हेरिएको
Shares
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसले यही साउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेसले यही साउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए ।

बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए । बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरको थिए ।

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?