लामिछानको बयान जारी, रिहा होलान त आज ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
लामिछानको बयान जारी, रिहा होलान त आज ?

सारांश

  • पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ ।
  • उनीहरुको अहिले बयान चलिरहेको छ ।
  •  आईतबार कार्कीको मात्र बयान सकिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ । उनीहरुको अहिले बयान चलिरहेको छ । आईतबार कार्कीको मात्र बयान सकिएको थियो । लामिछाने र युवराज कँडेलको बयान भने आजमात्रै लिईरहेको बुझिएको छ ।

उनीहरुको बयान जारी छ । आज दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ । पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।

आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो । प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?