कस्तो बजेट ल्याउँदैछ सरकार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कस्तो बजेट ल्याउँदैछ सरकार ?

सारांश

  • आगामी आर्थिक बर्षको बजेट आउँन अब २ दिनमात्र बाँकी छ ।
  • सरकार बजेट लेखनीमा जुटिरहदा आ–आफ्ना निर्वाचन क्षेत्रमा बजेट माग्ने सांसदको चाप बढेको छ ।
  • विगतमा सांसदलाई दिइएको बजेटको उचित सदुपयोग भएको नदेखिँदा सांसदलाई बजेट दिन नहुनेमा जोड दिनेहरुको संख्या पनि बढेको छ ।

आगामी आर्थिक बर्षको बजेट आउँन अब २ दिनमात्र बाँकी छ । सरकार बजेट लेखनीमा जुटिरहदा आ–आफ्ना निर्वाचन क्षेत्रमा बजेट माग्ने सांसदको चाप बढेको छ । विगतमा सांसदलाई दिइएको बजेटको उचित सदुपयोग भएको नदेखिँदा सांसदलाई बजेट दिन नहुनेमा जोड दिनेहरुको संख्या पनि बढेको छ । सरकारले जेठ १५ मा ल्याउन लागेको बजेटसाउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । चालू आर्थिक बर्ष सकिएर नयाँ आर्थिक बर्ष नजिकिदै जाँदा र बजेट लेखनको कार्य धमाधम भईरहदा सांसद तथा नेताहरु आफ्ना क्षेत्रका सडक, सिँचाइलगायत पूर्वाधारका योजना बजेटको कार्यक्रममा पार्नका लागि अर्थमन्त्रालय धाउने गरेको अर्थका उच्च कर्मचारीहरु बताउछन् ।

संघीय सांसदहरुको निगाहमा खर्च हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको हाल दिइदै आएको चार करोडको बजेटलाई बढाएर १० करोड पुर्याउन सामूहिकरुपमा दबाब दिदैं आएका छन् । आफ्ना जिल्लाका योजनामा बजेट पार्ने र सांसद विकास कोषको रकम बढाउने स्वार्थका कारण सांसदहरु रातारात मोटाउने गरेका छन् ।

विगतमा झैँ पहुच र प्रभावकै कारण बजेट आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा पार्ने तर, विकास निर्माणका कामहरुमा बजेट खर्च नगर्ने कारण सांसदले खर्च गर्ने हरेक योजनाहरु लोकप्रिय बन्न सकिरहेका छैनन । सांसद विकास कोषको रकम कहाँ खर्च हुन्छ भन्ने कुराको खासै तथ्यांक नहुदा पनि जनताको सामू सांसदहरुप्रति विश्वास बढ्न सकेको छैन ।

सत्तामा पुगेका सांसद र नेताहरुको बजेटमा योजनाहरु पार्नेमा हालीमुहाली बढिरहदा बजेटको आकार तथा व्यवस्थापनमा दबाब बढ्दै गएको छ । बजेट व्यवस्थापनको मुख्य स्रोत मानिएको राजश्व लक्ष्यअनुरुप उठ्न नसकेको अवस्था छ ।

चालू आर्थिक बर्ष सकिन ४९ दिन बाँकी रहँदा लक्ष्यको ६९ प्रतिशतमात्रै राजश्व उठेको छ । चालू बर्षको अन्त्यतिर आएर अन्धाधुन्ध खर्च गर्ने प्रवृत्ती पनि प्रत्येक बर्ष दोहोरिदै गएको छ । जसले बजेटको सही सदुपयोग हुन नसकेको अर्थवीदहरुले बताउने गरेका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ सुरु भएयता दैनिक साढे तीन अर्बमाथि बजेट खर्च भईरहेको छ ।

जेठ १० गते एक दिनमा मात्रै तीन अर्ब ६१ करोड ५७ लाख खर्च भएको छ । जस्मध्ये २ अर्ब ३६ करोड चालू खर्च प्रशासनिक खर्च हुदा १ अर्ब २५ करोड मात्रै पूजीँगत अर्थात विकास खर्च हुन सकेको छ । असार सुरु भएपछि दिन दुगुना रात चौगुना जसरी बजेट खर्च गर्ने प्रवृती बढेर जाने गरेको छ । असारे विकास कार्यक्रमको रुपमा लिने गरिएको जेठ र असार दुई महिनामा बजेटको ४० प्रतिशतबढी रकम खर्च हुने गरेको छ ।

विगतका बर्षहरुमा झै आर्थिक बर्षको अन्त्यमा बढी बजेट खर्च गर्ने शैलीले यो बर्षमा पनि निरन्तरता पाएको छ । शुक्रबारसम्म कुल विनियोजित बजेटको ५६.१७ प्रतिशत अर्थात ७ खर्ब ३८ अर्ब ७० करोड ५८ लाख खर्च भएको छ । जसमध्ये ६४ प्रतिशत चालू खर्च तथा पूजीगत खर्च ४२ प्रतिशतमात्रै हुन सकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
सत्ता गठबन्धनको बैठक सुरु
सत्ता गठबन्धनको बैठक सुरु
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो

तपाईंले छुटाउनुभयो कि?