जेठको गर्मीमा सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जेठको गर्मीमा सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन

सारांश

  • काठमाडौं १२ जेठ ।
  • भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।
  • ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् ।

काठमाडौं १२ जेठ । भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।

ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका उनीहसँग सम्पर्क स्थापित र उद्दार गर्ने प्रयास भइरकेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी गराए ।

साहले नागरिकसँग भने, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’

आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराए ।

स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ । यद्यपि यसवारे आधिकारी तथ्यांक भने नआइसकेको मेयर साहले वताए । -नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
सबैकाम स्थानीय तहबाटै
सबैकाम स्थानीय तहबाटै
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा
सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण
चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो

तपाईंले छुटाउनुभयो कि?