अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

सारांश

  • काबुल ।
  • अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
  • यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।

काबुल । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।

ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो । उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयाँै घाइते भएका थिए ।

हजारौँ भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए ।

भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो । भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ । तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह
जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड  छर्किए
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड छर्किए