‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
६९ पटक हेरिएको
Shares
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’

सारांश

  • काठमाडौं।
  • आन्दोलनको एक महिना पुग्नै लाग्दा ‘जेन-जी’ समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित दलका नेतालाई पक्राउ गर्न दबाब बढाएका छन्।
  • यसअघि ‘एरेष्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान चलाएका ‘जेन-जी’ अभियन्ताहरूले दुवैलाई पक्राउ गर्न सरकारसमक्ष दबाब बढाएका हुन्।

काठमाडौं। आन्दोलनको एक महिना पुग्नै लाग्दा ‘जेन-जी’ समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित दलका नेतालाई पक्राउ गर्न दबाब बढाएका छन्।

यसअघि ‘एरेष्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान चलाएका ‘जेन-जी’ अभियन्ताहरूले दुवैलाई पक्राउ गर्न सरकारसमक्ष दबाब बढाएका हुन्। ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले चलाएको गोली लागेर ठूलो संख्यामा प्रदर्शनकारी मारिएको भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न उनीहरूले दबाब बढाएका हुन्। त्यसका लागि ‘जेन-जी’ अभियन्ताहरूले प्रहरीलाई पनि दबाब दिइरहेका छन्।

सोमबार साँझ ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ सहितको टोली काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए। यद्यपि, प्रहरीले जाहेरी दर्ता भने गरेन । उनीहरू मंगलबार पनि जाहेरी दिन प्रहरी परिसर पुगे ।

प्रहरी भने जाहेरी लिने/नलिनेमै अन्योलमा देखिएको थियो। ‘जेन-जी’कै दबाबमा गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार राति सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए, तर प्रहरीले जाहेरीका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्नसक्ने ब्रिफिङ गरेको थियो।

तर, चर्को दबाबपछि अन्ततः प्रहरीले जाहेरी लिएको छ । प्रहरीले मंगलबार ओली र लेखकविरुद्ध जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको हो । मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएका थिए । मृतकका परिवार पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्। ओली र लेखकले मानवता विरुद्धको कसुर र राज्य विरुद्धको कसुर गरेको भन्दै जाहेरी परेको छ।

ओलीविरुद्ध आन्दोलनमा ज्यान गुमाएकाका आफन्तले किटानी जाहेरी दिएपछि पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउण्टर दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउण्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन् ।

उनीहरूले बालेन र सुदनलाई सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीको हत्या गरेको आरोप लगाएर जाहेरी दिएका हुन् । तर, प्रहरीले जाहेरी दर्ता गरेको छैन । शाह र गुरुङ विरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ । प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ ।

ओली, लेखकसहितका नेतालाई पक्राउ गर्ने कुरामा ‘जेन-जी’ अभियन्ताको समेत एकमत छैन । आन्दोलनपछि प्रधानसेनापतिसँग ‘जेन–जी’ प्रतिनिधि बनेर वार्ता गर्न गएका रक्षा बमलगायत समूह कार्की नेतृत्वको आयोगकै प्रतिवेदन कुर्ने र २३ गतेको आन्दोलन दमन गर्ने तथा २४ गते अराजकता मच्चाउने दुवै पक्षलाई कारबाही गर्नुपर्ने पक्षमा छ ।

उनीहरूले प्रहरीलाई जाहेरी दिनेभन्दा पनि आयोगले नै खुट्टा नकमाई निर्णय गर्नुपर्ने र आयोगकै प्रतिवेदनका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

यस्तै, ‘जेन-जी’ अभियन्ता तनुजा पाण्डेले पनि सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको निष्ठा र प्रतिबद्धताप्रति आफ्नो पूर्ण समर्थन एवं विश्वास रहेको भन्दै आन्दोलन दमनको बर्बरतापूर्ण घटनाको निष्पक्ष र पारदर्शी छानविन भई दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुने विश्वास व्यक्त गरेकी छन्।

तर, ‘जेन-जी’ प्रतिनिधिको रूपमा उभिएको ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ र उनको टिममा रहेका सदस्य आन्दोलन दमनमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्ने पक्षमा छन् । कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन नआए पनि उनीहरूलाई पक्राउ गर्न ढिला गर्न नहुने गुरुङ पक्षको तर्क छ । गुरुङले नै ‘एरेस्ट केपी ओली’ भन्ने ह्यासट्याग अभियान सामाजिक सञ्जालमार्फत थालेका थिए।

‘जेन-जी’ का केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा ‘जेन-जी’ पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । मंगलबार ‘जेन-जी’ आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै असोज २२ र २३ गते कुनै प्रदर्शन नरहेको बताएका हुन् ।

‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ’, जेन-जी अगुवा ओजस्वी थापाले भनिन्, ‘घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौं-सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् ।’

सरकार र प्रहरी प्रशासनलगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन उनले आग्रह गरिन्। अर्का ‘जेन-जी’ प्रतिनिधि जेम्स कार्कीले ‘जेन-जी’ ले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर, त्यो आन्दोलन शान्तिपूर्ण र अर्थपूर्ण हुने बताए।

‘जेन-जी’ युवाका नेता सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुदनले ‘जेन-जी’को नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन्।

यस्ता कार्य गर्नेहरूले कानुनबमोजिम सजाय भोग्नुपर्ने उनको भनाइ छ । ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ । हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ,’ उनले लेखेका छन्, ‘हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’ आफूहरूकोे नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइन खोजिएको उनले आशंका गरे।

‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौँ कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्,’ उनले भने।

हिमालय टाइम्स दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते
डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्दै यस्तो रणनीति
रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै

तपाईंले छुटाउनुभयो कि?