वैशाख ८ गतेको राशिफल थाहा पाउनुस यस्तो छ
सारांश
- मेष आज प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित हुनेछ।
- अधुरा काम बन्ने समय छ ।
- शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ ।
मेष
आज प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित हुनेछ। अधुरा काम बन्ने समय छ । शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइने छ । चिताएको कुरा प्राप्त हुनेछ । आज ८ शुभ अंक रहेको छ ।
बृष
आज परिवारजनसँग भेटघाट र आत्मीयता बढ्नेछ । गुरुजनको साथ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार(व्यवसायमा राम्रै फाइदा हुनेछ । सन्तान वा अनुयायीका माध्यमबाट विशेष फाइदा होलाहुने छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । आज ४ शुभ अंक रहेको छ।
मिथुन
रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । व्यावसायिक काममा लाभ मिल्ने छ । साथीबाट धोका पाइने समय छ । रमाइलो भ्रमण सम्भावना छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आज ६ शुभ अंक रहेको छ ।
कर्कट
राजनीति र नोकरीमा उन्नति हुने छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । प्रेम र मित्रताको गाँठो कसिनेछ । आज ७ शुभ अंक रहेको छ ।
सिंह
मानसम्मान पाइनेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । सन्तान पक्षबाट विशेष फाइदा मिल्ने छ। आज ९ शुभ अंक रहेको छ ।
कन्या
समय अलि कमजोर देखिन्छ । काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । विश्वासघातमा परिनुका साथै काममा धोका पाइने सम्भावना देखिन्छ । हात लागिसकेको कामसमेत फुत्कन सक्छ बिचार पुरयाउनु पर्ने छ । आज १ शुभ अंक रहेको छ ।
तुला
प्रियजनसँग भेटघाट हुनेछ । विभिन्न उपहार समेत पाइएला । प्रेम र मित्रताको गाँठो कसिनेछ । प्रयास गर्दा बोलीकै भरमा काम बन्नेछन् । सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । आम्दानी प्रशस्तै हुनेछभने धनआर्जन गर्ने राम्रो मौका छ । आज ८ शुभ अंक रहेको छ ।
बृश्चिक
शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ने छ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ मिल्ने छ । सानो प्रयत्नले महत्वपूर्ण काम बन्न सक्छ । बोलीको प्रभाव बढ्नेछ । विभिन्न उपहार पाइने समय छ । आज ६ शुभ अंक रहेको छ ।
धनु
बौद्धिक प्रभाव बढ्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । प्रतिस्पर्धामा विजयी भइनेछ । प्रियमिलन हुनुका साथै प्रेम र मित्रताको गाँठो कसिनेछ । प्रशस्त धन लाभ हुनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइने बेला छ । चिताएको काम बन्ने छ । आज ५ शुभ अंक रहेको छ ।
मकर
शत्रुपक्षबाट जोगिएर काम गर्नुपर्ने समय छ । घरायसी समस्या बढ्ने छ । काममा अवरोध र आफन्तसँग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् । तर पनि अरूको मन जित्न सकिनेछ । विद्यामा प्रगति हुनेछ । वैदेशिक क्षेत्र लाभदायक रहेको छ । आज ८ शुभ अंक रहेको छ ।
कुम्भ
नयाँ कामको जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाने छ । रमाइलो भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । प्रतिष्ठीट भईने समय छ । समग्रहमा आजको दिन राम्रो छ । आज ९ शुभ अंक रहेको छ ।
मीन
शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । काम गरेर अरूलाई प्रभावमा पार्न सकिनेछ । पढाइलेखाइमा उन्नति हुनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । व्यापार-व्यवसायमा फाइदा होला । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । चुनौतीहरूलाई पनि पन्छाउन सकिनेछ । आज ७ शुभ अंक रहेको छ ।
प्रतिक्रिया