सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सारांश
- बीबीसी।
- ‘सपना चौधरीजीलाई कांग्रेस परिवारमा स्वागत’ सुरुआत उत्तर प्रदेशको कांग्रेस कमिटी अध्यक्ष राज बब्बरले शनिबार गरेको ट्वीटबाट भयो।
- ट्वीटसँग उनले एउटा फोटो पनि शेयर गरेका छन्।
बीबीसी। ‘सपना चौधरीजीलाई कांग्रेस परिवारमा स्वागत’ सुरुआत उत्तर प्रदेशको कांग्रेस कमिटी अध्यक्ष राज बब्बरले शनिबार गरेको ट्वीटबाट भयो। ट्वीटसँग उनले एउटा फोटो पनि शेयर गरेका छन्। जसमा सपना चौधरी प्रियंका गान्धीसँग उभिएर हाँसिरहेको देखिन्छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पनि सपना चौधरी नयाँ दिल्लीमा राज बब्बरको घर गएर कांग्रेसमा प्रवेश गरिन्। उनका केही तस्वीर पनि समाजिक संजालमा भाइरल भइरहेका छन्, उनले कुनै फारममा हस्ताक्षर गर्दै गरेको देखिन्छ।
के पनि अनुमान लगाइँदै छ भने कांग्रेसकातर्फ उत्तर प्रदेशको मथुरा सीटबाट चुनाव लड्न सक्छिन्।
यी सबै पछि संचारमाध्यम र परम्परागत राजनीतिमा हलचल मच्चिएको छ। किनभने मथुराबाट चर्चित हिरोइन हेमामालिनी सांसद छन्। यस्तोमा उक्त क्षेत्रबाट दुई कलाकारबीच चुनावी प्रतिश्पर्धा हुन सक्ने अनुमान लगाइएको छ। तर सपानाले आइतबार पत्रकार सम्मेलन गरेर यी सबै अनुमानलाई पूर्ण विराम लगाइ दिएकी छन्।
यद्यपी शनिबार कांग्रेसले मथुराबाट महेश पाठकलाई टिकट दिने घोषणा गरेको छ।
सपनाले पत्रकार सम्मेलनमा भनिन्, ‘मेरो कुनै ट्वीटर अकाउन्ट छैन। म मात्र फेसबुक र इन्स्टाग्राम मात्र चलाउँछु। प्रियंका गान्धीसँग मेरो जुन तस्वीर भाइरल भइरहेको छ, त्यो पुरानो हो। न मैले राज बब्बरसँग भेटेकी छु।’
फारममा हस्ताक्षर गर्दै गरेको आफ्नो फोटोको बारेमा उनले भनिन्, ‘म त्यति धेरै पढेलेखेकी छैन की त्यो फारम केसँग सम्बन्धित थियो भनेर बताउन सकुँ।’
सपना कांग्रेस प्रवेश गरेको समाचार सार्वजनिक भएपछि बीजेपीका केही नेताले उनीमाथि आपत्तिजनक टिप्पणीसमेत गरेका छन्। सामाजिक संजालमा उनलाई ट्रोल गरिएको छ। बीजेपीका हरियाणाका नेता अश्विनी कुमार चोपडाले लेखेका छन्, ‘कांग्रेसमा ठुम्का लगाउने जो हुन् उनैले ठुम्का लगाउँछन्। अब के हेर्न बाँकी छ भने ठुम्का लगाउने हो की चुनाव जित्ने हो?’
उत्तर प्रदेशमा बीजेपीका विधायक सुरेन्द्र सिंहले सपना चौधरीको नृत्यसँगै सोनिया गान्धीका विषयमा पनि जुन टिप्पणी गरेका छन्, त्यो निकै आपत्तिजनक छ। उनको टिप्पणी उल्लेख गन नमिल्ने प्रकारको छ।
उनले लेखेका छन्, ‘मलाइ खुशी के कुरामा छ भने राहुलजीको भरोसा नेतासँग नभएर नर्तकीसँग छ।’
राजनीतिसँग जोडिएका केही प्रश्न सोधिएपछि सपनाले पत्रकारसँग भनिन्, ‘म कलाकार हुँ। कृपया मसँग त्यही विषयमा मात्र प्रश्न सोध्नुस्। तर तपाइँहरुले बारम्बार भनिरहनु भयो भने तपाइँको मुखमा घिउ शक्कर परोस्। म एक न एक दिन नेता बन्छु।’
सपनाले के पनि भनिन् भने उनको उमेर २५ वर्ष भन्दा कम छ, यस्तोमा लोकसभा चुनाव लड्ने प्रश्नै आउँदैन। पत्रकार सम्मेलनको अन्तिममा उनले स्पष्टसँग आफू कांग्रेस वा अन्य कुनै पनि राजनीतिक दलमा प्रवेश गर्न नलागेको बताइन्।
सपनाको पत्रकार सम्मेलनपछि उत्तर प्रदेशका कांग्रेस सचिव नरेन्द्र राठीले टिभीमा सपनाको दाबीको खण्डन गरे। राठीका अनुसार सपनाले शनिबार राति साँढे आठ बजे पार्टी सदस्यताको फारम भनेरकी हुन्।
हरियाणाको रोहतकबाट बिग बोसको घरसम्म पुगेकी सपनाका ‘सोडिल बडी’, ‘छोरी भैंस बडी बिन्दास’ र ‘तेरी आख्याँ दा काजल’ जस्ता गीतले यूट्यूवमा सनसनी र सामाजिक संजालले स्टार बनाइ दिएको छ।
आज फेसबुकमा उनका करिव ३० लाख र इन्स्टाग्राममा करिव २० लाख फलोअर छन्। सपना जुन गीत गाउँछिन्, ती गीतलाई हरियाणवी लोकगीत ‘रागिनी’ को नामबाट चिनिन्छ।
उनी ‘वीरे दी वेडिङ’ र ‘नानु की जानु’ जस्ता केही फिल्मा पनि देखिएकी छन्। यद्यपी उनको यो यात्रा त्यति सजिलो थिएन।
एउटा समय थियो, सपना सधैं आउने अश्लील र आपत्ति जनक म्याजेस र कमेन्टबाट वाक्क भएर आत्महत्या गर्न चाहन्थिन्।
त्यस्तो त्यतिबेला भयो जब २०१६ मा सपनामाथि एउटा गीतमा दलित विरोधी शब्द प्रयोग गरेको आरोप लाग्यो र गुँडगाउँमा उनी विरुद्ध उजुरी दर्ता भयो। यद्यपी पछि यो घटना साम्य भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया