एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अरु काे कहाँ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अरु काे कहाँ?

सारांश

  • काठमाडौं।
  • पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान)द्वारा आइतबार आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख राखेका थिए।

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा आइतबार आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख राखेका थिए। उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्। जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन्। यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए। जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो।

तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ। ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो।

त्यस्तै,  लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ। विस्फोटक ब्याटरका रुपमा परिचित उनलाई किन्न जनकपुरबाहेक  सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए।
मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। आरिफले न्यूनतम मूल्य १० लाख राखेका थिए। अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो। तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो।

यसैगरी, रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन्। ए ग्रेडमा रहेका उनले न्यूनतम १० लाख पाएका छन्। त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौंले पाँच लाख तिरेर अनुबन्ध गरेको छ। अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए। यसैगरी, अलराउन्डर नारायण जोशी १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।

युवा ब्याटर ऋत गौतम पाँच लाखमा नै बिक्री भएका छन्। न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    winwavelotto

    I just wanted to express my gratitude for the valuable insights you provide through your blog. Your expertise shines through in every word, and I’m grateful for the opportunity to learn from you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?