राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो ।
  • उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन्।
  • उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गरिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन्। उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गरिन्।

उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री पत्नी, नारदमुनि भन्दा माथि जानै सकिनन्
प्रधानमन्त्री पत्नी, नारदमुनि भन्दा माथि जानै सकिनन्
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
स्वर्गीय खुमबहादुर खड्काका छोरा राजनीतिमा,  तर कुन पार्टीबाट ?
स्वर्गीय खुमबहादुर खड्काका छोरा राजनीतिमा, तर कुन पार्टीबाट ?
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)