त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
६३ पटक हेरिएको
Shares
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि

सारांश

  • लहान, १२ कात्तिक   त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ ।
  • छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडाँै हिँड्नुभएका नेता यादव शनिबार ना ६ ख १४६७ नंको बस त्रिशूलीमा खस्दा उहाँसहित ३१ जनाको मृत्यु भएको हो ।
  • यादवको शव आफन्तले गए राति नै ल्याएको र आज बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको काँग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

लहान, १२ कात्तिक   त्रिशूली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ ।

छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडाँै हिँड्नुभएका नेता यादव शनिबार ना ६ ख १४६७ नंको बस त्रिशूलीमा खस्दा उहाँसहित ३१ जनाको मृत्यु भएको हो ।

यादवको शव आफन्तले गए राति नै ल्याएको र आज बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको काँग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो । अन्त्येष्टिअघि सभापति यादवले मृतक यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभयो ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं ३ (ख) बाट यादवको नाम सिफारिस भएको र त्यही सिलसिलामा काठमाडाँै जाने क्रममा दुर्घटनामा परी उहाँको मृत्यु भएको थियो । स्व यादवका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

यसैबीच यादवको दुर्घटनामा परी मृत्यु भएपछि सिरहाको गोलबजार नगरपालिका– ८ चोहर्वाका स्थानीयवासी स्तब्ध बनेका छन् । “यादव अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए” वडाध्यक्ष राजदेव यादवले भन्नुभयो,“बस दुर्घटनामा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनाँै, शव आएपछि मात्र विश्वास भयो ।”

यस्तै छठ मनाएर छोराछोरीलाई काठमाडौँमा पढ्नका लागि पु¥याउन सोही बसमा हिँडेकी सिरहाको लहान – १ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन । आमासँगै दुर्घटनामा परेकी उहाँकी छोरी निविदिता र छोरा सुगमको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपीएल: चेन्नईको लगातार तेस्रो हार
आइपीएल: चेन्नईको लगातार तेस्रो हार
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
वनखेतमा हात्ती आतङ्क
वनखेतमा हात्ती आतङ्क
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सुगाबथान ( भिडिओ सहित )
सुगाबथान ( भिडिओ सहित )
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !