कोरोनाभाइरस सङ्क्रमणका कारण ३,००० जनाभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोनाभाइरस सङ्क्रमणका कारण ३,००० जनाभन्दा बढीको मृत्यु

सारांश

  • बीबीसी।
  • चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ।
  • कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्।

बीबीसी। चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ।

कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्। उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो।

चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ।

इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ।

तर सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार बताएको छ।

कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

मौसमी रुघाखोकीको औसत मृत्युदर ०.१ प्रतिशत हुन्छ र भाइरस अतिसङ्क्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

सार्स र मेर्सजस्ता कोरोनाभाइरस परिवारका अन्य विषाणुका कारण हुने मृत्युको दर कोभिड-१९ भन्दा धेरै छ।

अहिले चीनमा सङ्क्रमणको दर घटेको भए पनि अन्यत्र ह्वात्तै बढेको छ।

इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले आइतवार बताएको छ।

त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा झन्डै १,७०० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

यूकेमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपत्कालीन बैठक बोलाएका छन्।

चीनबाहिर सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ४७६ जना सङ्क्रमित भेटिएका छन्।

त्यहाँ ४,२१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ। तीमध्ये ३,०८१ जना डेगु सहरका बासिन्दा हुन्।

डेगुमा सङ्क्रमण भएका ७३ प्रतिशत मानिहरू एउटा गिर्जाघरसँग सम्बन्धित छन्।

इरानमा सरकारी तथ्याङ्क थोरै भए पनि कोरोनाभाइरसका कारण कम्तीमा २१० जनाले ज्यान गुमाएको सूत्रहरूले बीबीसीलाई बताएका छन्।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?