झोले र पोके सामान आयातमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
झोले र पोके सामान आयातमा प्रतिबन्ध

सारांश

  • उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ ।
  • भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो ।
  • कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको बताउनुभयो ।

उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ ।

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको बताउनुभयो । उहाँले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने बताउनुभयो । स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले आग्रह समेत गरेको छ ।
सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने छ भन्नुभयो । यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल रु १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अह्रोरात्र योगदान दिनुहुने भन्सार कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभएको थियो । सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पु¥याउनु हुने भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठलाई सर्वाेकृष्ट कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।
यस्तै नेपाल र चीनबीच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ । सीमा क्षेत्रमा त्यस्ता रोग लागेका व्यक्तिलाई आवतजावतमा रोक लगाउन,े अस्पताल पठाउने र शङ्कास्पद व्यक्ति देखिएमा रसुवागढीमा रहेको हेल्थडेस्कमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि
खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि
मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन
दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार
दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट आक्रमण
कासिम सुलेमानीको हत्यापछि इराकमा रकेट आक्रमण

तपाईंले छुटाउनुभयो कि?