निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !

सारांश

  • कञ्चनपुर, १९ कात्तिक ।
  • कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन नाघिसकेको छ  ।
  • तर निर्मलाको वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन ।

कञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन नाघिसकेको छ  । तर निर्मलाको वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । निर्मलाका बाबु यज्ञराज पन्तले २५ गतेसम्म अपराधी पत्ता नलागे आमरण अनशन बस्ने घोषणा गरेका छन् । यज्ञराजले न्यायका लागि आफू प्राण त्याग्नसमेत पछि नहट्ने चेतावनी दिएका हुन् ।

यो अवधिमा विभिन्न छानबिन समितिहरु गठन भए । सरकारी समिति घटनाबारेको प्रतिवेदन पनि तयार गर्यो । तर अहिलेसम्म निर्मलाको बलात्कारी र हत्यारा को हो भन्ने कुराको सुईको समेत पाउन सकेको छैन । यसैबीच निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न पक्राउ नपरेको भन्दै बाबु यज्ञराज पन्त आमरण अनशन बस्ने भएका छन् । निर्मलाको घरमै पत्रकार सम्मेलन गरेर बाबु यज्ञराजले कात्तिक २५ गतेसम्म अपराधी पत्ता नलागे आमरण अनशनसहित धर्ना दिने घोषणा गरेका हुन् ।
हत्याकाण्ड भएको लामो समय हुँदा पनि हत्यारा पत्ता नलागेको भन्दै निर्मलाका बुवाले २५ गतेदेखि जिल्ला प्रसाशनको अगाडि परिवारसहित धर्ना बस्ने बताएका हुन् । उनले छिटो भन्दा छिटो हत्यारालाइ पक्राउ गरी सार्वजनिक गर्नसमेत माग गरे । धर्ना बसेर पनि सरकारले कानमा तेल हालेर बसिरह्यो भने आमरण अनसन बसी आफ्नो प्राण नै त्याग्ने चेतावनी यज्ञराजले दिएका छन् ।

घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बरखास्त भएका छन् । तर, अहिलेसम्म प्रहरी वास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै आलोचित बनेको छ । सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आन्दोलन जारी छ । गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएकै प्रहरीले भएका प्रमाण समेत लोप गर्दा सिंगो सुरक्षा निकायमाथि जनआक्रोश चुलिएको छ । यति मात्रै होइन, निर्मला प्रकरणकै कारण सरकार नै असफल भएको आरोप लागिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड
प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
मालपोत कार्यालयकै कारण ललिता निवासको जग्गा फिर्तामा ढिलाइ
मालपोत कार्यालयकै कारण ललिता निवासको जग्गा फिर्तामा ढिलाइ
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ