मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
  • वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

मौद्रिक नीति पारिवर्तन गर्न आइतबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले मौद्रिक नीति पारित गरेसँगै आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरिएको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, नीतिगत दरलाई भने घटाइएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दै नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?