टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो

सारांश

  • भक्तपुर ।
  • सूर्यविनायक बालकोटमा टिपरले ठक्कर दिंदा एकजनाको ज्यान गएको छ ।
  • हिजो बुधबार राति एक टिपरले मोटरसाईकललाई ठक्कर दिएर लडेपछि ब्याक गरेर किचेर मारेको थियो ।

भक्तपुर । सूर्यविनायक बालकोटमा टिपरले ठक्कर दिंदा एकजनाको ज्यान गएको छ । हिजो बुधबार राति एक टिपरले मोटरसाईकललाई ठक्कर दिएर लडेपछि ब्याक गरेर किचेर मारेको थियो ।

ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमीले जानकारी दिएको छ ।

तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका ललितपुर चाँगाथली विष्णुटोल बस्दै आएका मगरलाई बालकोटमा ठक्कर दिएको थियो ।

टिपर हुर्इँकिएर आएपछि बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकल लडेको देखेपछि स्थानीयले हल्ला गरेका थिए । प्रत्यक्षदर्शीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर किचेर मारेको स्थानीयले बताएका छन् ।

प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको आरोप लगाएका छन् । स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
पोलेको मासुले आमाशयमा क्यान्सर !
पोलेको मासुले आमाशयमा क्यान्सर !
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली
१७ जिल्लाका सिडिओ हेरफेर(सूची सहित)
१७ जिल्लाका सिडिओ हेरफेर(सूची सहित)
१३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी
१३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी
बसमा ज्येष्ठ नागरिक, पत्रकारलाई निःशुल्क
बसमा ज्येष्ठ नागरिक, पत्रकारलाई निःशुल्क
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी