डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !

सारांश

  • काठमाडौं , २३ जेठ ।
  •   डिस होमको एक्सन स्पोर्ट्स च्यानलले रसियामा हुने विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।
  • जुन १४ देखी जुलाइ १५ सम्म  रुसमा  हुने विश्कप फुटबलको  नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण हुने  डिस होमले बताएकाे छ ।

काठमाडौं , २३ जेठ ।  डिस होमको एक्सन स्पोर्ट्स च्यानलले रसियामा हुने विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।

जुन १४ देखी जुलाइ १५ सम्म  रुसमा  हुने विश्कप फुटबलको  नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण हुने  डिस होमले बताएकाे छ ।

डिस होमले  नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले गर्ने जनाएकाे हाे ।

डिस होमले खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु  प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन् ।

त्यसैगरी डिस हाेमले यसै सम्बन्धि प्राेमाेसन भिडियाे सार्वजनिक गरेकाे छ ।

प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायतका खेलाडीहरुको उपस्थिति रहेकाे  छ । फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राई लगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने डिस हाेमले जानकारी गराएकाे छ । फुटबलको महाकुम्भ नामक भिडियो मा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । उक्त भिडियाे नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गित पनि हो ।

नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Karki Rajendra

    ल बधाई छ । आफू त अग्रेजी नबुझ्ने परियो ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
पूर्व युवराज्ञी हिमानी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा
पूर्व युवराज्ञी हिमानी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा
आठ महिनापछि नेपाल–भारतबीच रेल गुड्ने
आठ महिनापछि नेपाल–भारतबीच रेल गुड्ने
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली
बन्दीपुरमा पनि अब केवल कार, शेयर खुला
बन्दीपुरमा पनि अब केवल कार, शेयर खुला
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

तपाईंले छुटाउनुभयो कि?