नयाँ आइफोनको डमी मोडल सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नयाँ आइफोनको डमी मोडल सार्वजनिक

सारांश

  • एप्पलको नयाँ मोडल कस्तो आउँछ भन्ने धेरैलाई चाँसो हुन सक्छ ।
  • तपाइमा त्यो चाँसो छ भने करीब पूरा भएको छ ।
  • फोनको जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल पनि सार्वजनिक गरेका छन् ।

एप्पलको नयाँ मोडल कस्तो आउँछ भन्ने धेरैलाई चाँसो हुन सक्छ । तपाइमा त्यो चाँसो छ भने करीब पूरा भएको छ । फोनको जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल पनि सार्वजनिक गरेका छन् ।

उनका अनुसार एप्पलको नयाँ आइफोन ६.१ वा ६.५ इन्चको स्क्रिन भएको हुनेछ । एप्पलले यो वर्ष दुई मोडलका आइफोन सार्वजनिक गर्ने र उसले कम मूल्य तिर्ने र बढी मूल्य तिर्न सक्ने प्रयोगकर्तालाई समेट्ने तयारी गरेको खबर आउने गरेका छन् ।

गेस्किनले सार्वजनिक गरेको मोडलमा केही पनि त्यस्तो छैन, जो अचम्मित पार्ने होस् । ६.१ को फोन (जुन एप्पलको सन् २०१८ को बजेट फोन हुने चर्चा छ) को रंग कालो छ । यसको स्क्रिन नोट्चड् छ र एउटा मात्रै रेअर क्यामरा छ । तर सेतो रंगको ६.५ इन्च फोनमा दुईवटा रेअर क्यामरा छ ।

गेस्किनले दुई फोन साथमा राखेर देखाएका छन् । एप्पलले यो वर्ष अर्को फोन पनि ल्याउने तयारी गरेको बताइएको छ । त्यो फोन ५.८ इन्चको हुनेछ । तर त्यसको डमी मोडल भने गेस्किनले देखाएका छैनन् । आइफोन एक्सको स्क्रिन पनि ५.८ इन्चकै छ ।

यो डमी मोडलमा खासमा केही हुँदैन, यो मात्रै प्लाष्टिकको फोन हो । तर यसले एप्पलको आउँदो आइफोनका बारेमा केही कौतुहलता भने पक्कै कम गरेको छ । गेस्किले सन् २०१७ को मे मा ‘आइफोन एट’ भन्दै डमी मोडल सार्वजनिक गरेका थिए । त्यसको नाम भने फरक भयो, एप्पलले आइफोन एक्स नाममा नयाँ फोन ल्यायो । तर मोडल भने गेस्किनले महिना दिनअघि सार्वजनिक गरेको डमी मोडलसँग धेरैहदसम्म मिलेको थियो ।

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?