टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

सारांश

  • रसुवा ।
  • रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ ।
  • पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा)वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो ।

रसुवा । रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा)वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो ।

चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्वत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधिन सुख्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा सङ्लग्न प्राविधिकहरूले बताएका छन् ।

पचास हजार नौ सय वर्ग मिटर क्षेत्रफल ओगटेको सो सुख्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्वत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिएका छन् । तीन सय १३ ठुला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाई भएको टिमुरेको सुख्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् । छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्वा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पो महोत्सव ; मोरिम्ला नाका खोल्न जोड
डोल्पो महोत्सव ; मोरिम्ला नाका खोल्न जोड
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
माग पुरा नगरे अनशन शुरु गर्ने – डा.गोविन्द केसी
माग पुरा नगरे अनशन शुरु गर्ने – डा.गोविन्द केसी
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?