समृद्धको लागी पत्रकारीता गर्नुपर्नेमा जोड
सारांश
- माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, १६ जेठ ।
- कपिलवस्तुको विजयनगर गाउपालिकामा संचालन भएको ५ दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।
- विजयनगर गाउपालिकाको सहयोग विजयनगर समाजको आयोजनामा रहेको उक्त तालिममा ७ वटा वडाका २१ जनाको सहभागीता रहेको थियो ।
माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, १६ जेठ । कपिलवस्तुको विजयनगर गाउपालिकामा संचालन भएको ५ दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।
विजयनगर गाउपालिकाको सहयोग विजयनगर समाजको आयोजनामा रहेको उक्त तालिममा ७ वटा वडाका २१ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा वोल्दै विजयनगर गाउपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले गाउपालिका संचार मैत्री बन्न चाहेको र गाउपालिका समृद्ध बनाउनको लागी पत्रकारकोे अहम भुमीका रहेको वताइन । चौधरीले तालिम पश्चात पत्रकारहरुले गाउपालिकाका राम्रा कामहरुलाई राष्ट्रिय स्तरमा पुर्याउने,गलत कामलाई खवरदारी गर्नुपर्ने वताइन ।
कार्यक्रममा वोल्दै सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश उपाध्यक्ष राजु खरालले संचारकर्मीमा निडर र क्षमतावान हुनुपर्नेमा जोड दिए । पत्रकारले स्वतन्त्र भएर काम गर्न पाउने अधिकार रहेकोले सधै अनुसन्धान मुलक समाचार खोजी गर्नुपर्ने धारण राखे । वर्तमान समयमा मुख्यः सामुदायीक रेडियोहरुले जनता सम्म सुचना तथा समाचार पर्याउने गरेकोले यसलाई स्थानियतहले प्राथमिकता दिनुपर्ने जनाए । स्थानिय तहसँग सहकार्य गरेर सामुदायीक रेडियोहरुले काम गर्न चाहेको र कतिपय कुराहरु अझै विवादमा रहेको समेत वताए । 
जिल्लाको सुदुपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिकामा कुनै पनि संचार माध्यम नरहेकोले यस क्षेत्रकै पत्रकारहरुको सक्रयतामा सामुदायीक रेडियो संचालनको पकृया अघि वढेको वताए । गाउपालिकामा संचालन हुने रेडियोलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै विजयनगर समाजका अध्यक्ष रामप्रघट कोरी यस क्षेत्रमा लुकेर रहेको कार्यहरुलाई जनता समक्ष ल्याउन सहभागीहरुलाई आग्रह गरे । ५ दिन सम्म संचालन भएको तालिमवाट सिकेका कुरालाई व्यवहाररमा ल्याउनुपर्नेमा जोड दिए ।
पत्रकारीता गर्ने इच्छा अनुसार तालिममा सहभागी भएको र आगामी दिन पत्रकारीता मार्फत गाउपालिका समृद्धको लागी काम गर्ने सहभागीहरुले वताएका छन ।
विजयनगर समाजका अध्यक्ष रामप्रघट कोरीको अध्यक्षता,विजयनगर गाउपालिका उपाध्यक्ष लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता,सामुदायीक रेडियो प्रशारक संघ प्रदेश उपाध्यक्ष राजु खराल,नेपाल पत्रकार महासंघ पुर्व केन्दीय सदस्य निशा विश्वकर्मा लगाएत अन्य संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया