नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो

सारांश

  • काठमाडौं ।
  • आइसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९ विकेटले पराजित गरेको छ ।
  • पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९ विकेटले पराजित गरेको छ । पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो । सजिलै लक्ष्य हासिल गर्न नेपालका ओपनरहरुले तुफानी ब्याटिङ गरे ।

ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रन बनाएर नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्का हान्दै ३३ रन बनाएर आउट भए । कुशल मल्ल १२ रनमा नटआउट रहे । पिएनजीका लागि १ विकेट चाड सोपरले लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीलाई नेपालले ३२ ओभरमा ९५ रनको स्कोरमा अलआउट गरेको थियोे । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडनसहित २५ रन खर्चिए । ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।

पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । सेसे बाउले १८, चार्ल्स अमिनीले १६, हिरी हिरीले १४ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
माल्दीभ्सका राष्ट्रपति भारतमा
माल्दीभ्सका राष्ट्रपति भारतमा
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
तुलसीपुरमा कडा टक्कर,कसले मार्ला बाजी ?
तुलसीपुरमा कडा टक्कर,कसले मार्ला बाजी ?
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
एक हजारको नोट त देखेको छैन सरकार, बर्षको १९ हजार कर कहाँबाट ल्याएर तिर्नु ?
एक हजारको नोट त देखेको छैन सरकार, बर्षको १९ हजार कर कहाँबाट ल्याएर तिर्नु ?