टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित

सारांश

  • काठमाडौं।
  • क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ।
  • क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।

काठमाडौं। क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो। ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए।

यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए। ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?