तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार

सारांश

  • वीरगञ्ज, ३ पुस , पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
  • स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीर्ले रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो ।
  • प्रहरीचौकी पाङ्डेपुरबाट थप तीनजना प्रहरी घटनास्थल पुगेपछि विवाद झन चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एकनाल थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका छन् ।

वीरगञ्ज, ३ पुस , पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीर्ले रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । प्रहरीचौकी पाङ्डेपुरबाट थप तीनजना प्रहरी घटनास्थल पुगेपछि विवाद झन चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एकनाल थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका छन् ।

तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

तस्करहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?